Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रहरी उपरीक्षक शाहसंग वीउवासंघ द्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २१,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २१ पौष । पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहसँग वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुले आज एक समारोहका बीच स्वागत तथा भेटघाट गरेका छन् । वीउवासंघले आफनै सभाकक्षमा आयोजना गरेको थियो।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यका क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ऐतिहासिक पृष्ठभूमि र यस क्षेत्रको औद्योगिक, व्यापारिक महत्व तथा उपादेयका बारे प्रकाश पार्नु भएको थियो ।

डा. गुप्ताले खुल्ला बोर्डर हाम्रो लागि अवसर र चुनौती दुवै भएकोले शान्ति सुरक्षा, तस्करी नियन्त्रणमा प्रहरीले सघन भूमिका निर्वाह गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराउनु भएको थियो । संघले आफ्नै सक्रियतामा सञ्चालन गरेको सिसिटिभी परियोजनाको व्यवस्थापन र विस्तारमा समेत सहकार्य गर्न प्रहरी उपरीक्षकलाई अवगत गराउँदै औद्योगिक सुरक्षा बलको पुनः स्थापनामा सबैको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

प्रहरी उपरीक्षक कोमल विक्रम शाहले अध्यक्षबाट व्यक्त भएका चासोलाई आफ्नो कार्यकालमा सक्रियतापूर्वक सम्पादन गर्ने तर्फ प्रयत्नशील रहने बताउनुभएको थियो । उहाँले अवैध व्यापारलाई निरुत्साहित तथा चोरी निकासी पैठारीलाई नियन्त्रण गर्ने प्रष्ट पार्नुभयो ।

सोही अवसरमा राष्ट्रिय अनुसन्धान कार्यालय, पर्साका उपनिर्देशक दीपक खड्काको बिदाई समेत गरिएको थियो । बिदाई समारोहमा उपनिर्देशक खड्काले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले गरेको माया र सदभाव आफू कहिले पनि बिर्सन नहुने बताउनु भयो । उहाँले सामाजिक विकासको लागि वीउवासले निर्वाह गर्दै आएको भूमिका सराह्नीय रहेको बताउँदै आगामी दिनहरुमा समेत एक आपसबीचको सम्बन्ध अझै प्रगाढ हुने धारणा राख्नुभयो ।

कार्यक्रममा वीउवासङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्व अध्यक्षद्वय अशोक कुमार टेमानी र अशोक कुमार वैध, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा लगायत कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ पुष २१,बिहीबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ पुष २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद