वीरगञ्ज,२० पुष । सात दिने उद्घोषण वक्तृत्वकला तालिम सम्पन्न भएको छ । पर्सागढी नगरपालिका कार्यालयको सहयोग र सहज सेवा सीप विकास केन्द्र पालिकाको आयोजनामा आमो देवी जनता क्याम्पस, पकडिया, बडनिहारको सभाहलमा सात दिन सभा सञ्चालित,उद्घोषण र वक्तृत्वकला तालिम बुधबार सम्पन्न भएका हो।
तालिमका प्रमुख अतिथी नगरप्रमुख गोकर्ण पाठकले भने तालिम लिएका परिक्षार्थी निरन्तर दिए पर्सागढी नगरपालिका भित्र नयाँ तथा उत्कृष्ट उद्घोषणको उदर्य हुनेछ । पछिल्लो समयमा यस तालिम लिएका परिक्षार्थी ब्यवहारमा लागू भए हामीलाई तथा यस क्षेत्रमा हेर्नु सभा,समाराह,ओपचारिक र अनौपचारिक कार्यक्रममा उद्घोष गर्न र वक्तत्वकला गर्नु यस प्रकारका तालिममा सहयोग हुने बताए ।
प्रशासकीय अधिकृत छबिरमण भट्टराई भाषा तथा शब्द को शुद्धीकरण आवश्यक रहेको छ । तपाईंले पुनः तैयारी भएर आफ्नो कलालाई प्रस्तुत गर्न सकिन छ ।यो प्रशिक्षण यहि सम्म सिमित नराख्नु सो का लागि निरन्तर ता दिनुपर्ने मा जोड दिए।
प्रशिक्षक तथा पत्रकार सुरेश बिडारी ले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । मन्तव्य को क्रममा उनले भने समाज तथा देशमा परिवर्तन का लागि बालबालिका र युवाको बिकास ले मात्र सार्थक हुने बताए । तालिमको समय भित्र आफनो अनुभव बारे दुई परिक्षार्थीहरुले राखेका थिए ।
श्रृजना उप्रेती आफ्नो तालिम बाट उपलब्धी बारे आफ्नो अनुभव प्रस्तुत गरेका थिए । आफू अबको आउदो दिन मा कतै चुक हुने छैन र मेरो आत्मा बिश्वास बढी रहेको बताइन । यस्तै अर्को श्यामसुन्दर रामले पहिले कहि कतै बोल्नु आगाडी हात खुट्टा कामेको आन्त भएको छ । यस बर्ष आउन लागेको माघी पर्व को संचालन गर्ने बिश्व रहेको रामले जानकारी दिए ।
४ जना प्ररिक्षार्थीहरुलाई अनुशासित रहेकालाई उपहार दिएका थिए । पहिलो आलोक राम दोस्रा नगमा खातुन,तेस्रो श्यामसुन्दर राम र चौथो इशा गुरुङलाई उपहार प्रदान गरीएको थियो ।
कार्यंक्रमका विशिष्ठ अतिथि उप(प्रमुख पुजा चौधरी ले भने तालिमले यस क्षेत्रका गाउँ घरमा किशोर किशोरीहरूलाई उद्घोषण तालिमलाई एउटा अवसरका रूपमा सदुपयोग गरेको बताइन । तालिममा सुरेश बिडारी, नीलिमा पौडेल प्रशिक्षण गरेका थिए ।
पर्सागढी नगरपालिका कार्य पालिका सदस्य सिता लामाको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो । कार्यक्रमलाई सहजीकरण गरिदिनु भएका बलिराम शुक्ला र प्रमोद यादव ,सुस्मिता कुमारी चौधरीलगायतको सहभागिता रहेको थियो ।