Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको बसपार्क क्षेत्रबाट २४ महिला सहित २९ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१८ पुष । पर्सा प्रहरीले वीरगञ्जको बसपार्क तथा ४० फिटे सडक क्षेत्रबाट २९ जनालाई पक्राउ गरेको छ । ती क्षेत्रमा सञ्चालित होटलहरुबाट २४ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बसपार्क तथा ४० फिटे सडक क्षेत्रमा सञ्चालित होटलहरुमा अवैध रुपमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय अन्र्तगत रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्ममा बसपार्क, ४० फिटे सडक क्षेत्रबाट अनुसन्धानका लागि २९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

‘ बसपार्क र त्यसको वरपर यौनजन्य गतिविधि हुन्छन् भन्ने गुनासो आएको थियो, त्यसैको आधारमा अनुसन्धानका लागि २४ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेर ल्याएका छौं ।’ उनले भने ‘ सोधपुछ गर्ने कार्य भइरहेको छ । उनीहरुको संलग्नताको आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने वा छोड्ने भनेर निर्णय गर्छौ ।’

वीरगञ्जको बसपार्क नजिकै ‘प्रेम गल्ली’ नामले नै एउटा गल्ली परिचित छ । जहाँ सुन्दर युवतीलाई प्रयोग गरेर मादक पदार्थ सेवन गर्न आउनेहरुसँग बढी पैसा असुल्ने गरिन्छ ।

भने ४० फिटको सडकमा रकम लिएर यौन गतिविधि चलाउने गरिएको जनगुनासो छ । त्यो क्षेत्रमा तेस्रोलिंगीहरु पनि अबेर रातिसम्म ग्राहक कुरेर बस्ने गरेको स्थानीय बताउँछन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले चालेको कदमको स्वागत गरेका छन् । गलत तरिकाले होटल व्यवसाय सञ्चालन गर्नेहरुका कारण स्वच्छ हिसाबले व्यवसाय गर्नेहरु पनि वदनाम हुने गरेको बताउँदै उनले अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीलाई होटल तथा पर्यटन व्यवसायीले साथ दिने बताए ।

‘गलत गर्नेलाई कारबाही हुनुपर्छ र स्वच्छ व्यवसाय गर्नेलाई धरपकड गरेर दुःख दिनु हुन्न भन्ने हाम्रो मान्यता हो ।’ उनले भने ‘ गलत कुरालाई निरुत्साहित गर्ने कुरामा हामी पनि हातेमालो गर्छौ ।’

यसअघि प्रहरीले वीरगञ्जको लिंकरोडबाट दुई जना होटल व्यवसायीलाई उठाएर लगेपछि उनले नयाँ प्रहरी प्रमुख आउने वित्तिकै होटल व्यवसायीलाई दिएको भन्दै असन्तुष्टी जनाएका थिए ।

 

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०७९ पुष १८,सोमबार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०७९ पुष १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद