वीरगञ्ज,१८ पुष । अत्याधिक चिसोका कारण कलैया उपमहानगरपालिकाले भोलि मंगलबार १९ गते देखि सम्पुर्ण बिधालय बन्द गर्ने निर्णय गरेको छ ।
केहि दिन देखी तराईका जिल्लाहरुमा बाक्लो हुस्सु एवं शितलहरको कारण जाडो बढ्न गई पठनपाठनमा असहज भएकोले नगर शिक्षा समितीको बैठकले कलैया उपमहानगरपालिका भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत ४ दिनको लागि बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवालले जानकारी दिएका छन् । उनका अनुसार सम्पुर्ण बिधालय पुस २२ शुक्रबार सम्म बन्द रहने छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस