वीरगञ्ज,१८ पुष । आइतबार बिहान त्रिभुवन राजपथअन्तर्गत हेटौँडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
मकवानपुरको भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक भएको पिकअप गाडी दुर्घटनामा बारा विश्रामपुर गाउँपालिका वडा नंबर ३ बस्ने २० वर्षका राहुलकुमार पंडितको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाईते भएका छन् ।
दुर्घटनामा सोहि स्थानका अजय चौरसिया,भारत झारखण्ड बस्ने बर्ष ३६ को बिजय दास, बिरगंज माहानगरपालिका १७ बस्ने बर्ष १८ को सुमित गुप्ता, सोहि स्थानका बर्ष २६ का दिनानाथ प्रसाद, बारा बिश्रामपुर गाँउपालिका वडा नंबर ३ मुसरहवा बस्ने सिबजी साह, धिरज चौरसिया ,पप्पु कुमार गुप्ता र उमेश कुस्वाह गरि ९ जना घाईते भएका छन् ।
उनिहरुको हेटौँडाको विभिन्न स्थानमा उपचार भैरहेको छ ।