पर्साबाट मधेसलाई प्रविधियुक्त बनाउने अभियान शुरु भएको छ । वीरगंज स्थित वीरगंज पब्लिक कलेजको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी सुरु गरीएको छ । युवा उधमीवाट संचालीत इजी इट्स तथा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत स्टार्टअप ,इनोभेसन कमिटी, खल्तीले मधेस प्रदेशलाई प्रविधियुक्त बनाउने अभियानको थालनी पर्साबाट सुरु गरेको हो ।
बिहीबार पर्साको वीरगंज पब्लिक कलेजको सभाकक्षबाट एक कार्यक्रम गरी यो अभियान थालिएको कमिटी संयोजक अनुप अग्रवालले जानकारी दिए ।महासंघले औद्योगिक तथा आर्थिक शहर वीरगंजबाट सो अभियान थालेको बताउनुभयो । कार्यक्रम वीरगंज पब्लिक कलेजबाट शुरु भएको र ४५ ओटा शैक्षिक संस्थामा सो कार्यक्रम संचालन गरिने आयोजकले बताए ।
प्रविधिको प्रयोगबारे चेतना जगाउन जस्तो अन्तरक्रिया संचालन गरिएको अग्रवालले बताए । उद्यमशीलतामार्फत मधेस प्रदेशलाई प्रविधिसँग जोड्ने र उपयोग कसरी बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघका प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले बताए ।
मधेस विश्व विद्यालयका उपकुलपति प्रा.डा दीपक शाक्यले प्रविधिको उपयोगमा अवसरसँगै जोखिमप्रति पनि सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा उपस्थिती वक्ताहरुले आजको युगमा प्रविधिको आवश्यकता अपरिहार्य भएको चर्चा गरेका थिए ।खल्ती एपका बरुणप्रताप शाह, इजी इट्सका सिम्रन चौरसिया र निरज पटेल, बीपीसी कलेजका सहायक कलेज प्रमुख अरबिन्द श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।