Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल विद्यार्थी संघ पर्साको पहलमा अपाङ्ग विद्यार्थीलाई छात्रवृत्ति

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १२,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, १२ पुष । नेपाल विद्यार्थी संघ पर्साको पहलमा बीरगन्जमा एक विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । बीरगन्ज महानगरपालिका वडा नं. १३ का सलमान अन्सारीलाई नेविसंघ पर्साले पहल गरेर पूर्ण छात्रवृत्ति दिलाएको हो ।

घरमा अचानक लागेको आगोले जिउ जलेर घाईते भएका सलमानको घरको आर्थिक अवस्था समेत अन्यन्त कमजोर रहेको कारणले नेपाल विद्यार्थी संघका सभापति रमेश कुमार यादवको नेतृत्वको विद्यार्थीको टोलीले बीरगन्ज महानगरपालिका वडा नं. १३ मा रहेका होली एन्जल्स माविमा पहल गरेर उनलाई पढाईको मासिक शुल्कमा पूर्ण छात्रवृत्ति दिलाएको हो ।

सो विद्यालयका प्रधानाध्यापक अरविन्द सिंहले हाल कक्षा १ मा अध्ययनरत अन्सारीलाई कक्षा १० सम्मको पढाई शुल्कमा पूर्ण रुपमा छात्रवृति प्रदान गरिएको पुष्टि गरे । उनले अन्सारी आगोमा जलेर घाईते भएको र उनको अभिभावकको आर्थिक अवस्थामा कमजोर भएका कारण विद्यालयले उनलाई छात्रवृति प्रदान गरेको बताए ।

नेविसंघ जिल्ला कार्यसमितिका अध्यक्ष रमेश यादवले बिपन्न तथा गरिब जेहनदार बिधार्थीहरु कुनै पनि बहानामा शिक्षाबाट बन्चित हुनु नपर्ने अवस्थाको सृजना गर्न हामी क्रियाशील रहेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रसुवा बाढीपछि परवानीपुर  ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन
मुख्य समाचार

रसुवा बाढीपछि परवानीपुर ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन

प्रकाशित : २०७९ पुष १२,मंगलवार
वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ पुष १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद