Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिल भन्दा बढीको सामग्रीसहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १२,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १२ पुष । वडा प्रहरी कार्यालय विर्ताले ५५ लाखभन्दा बढी मूल्यको अवैध सामाग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० ग्रिनसिटी चोकस्थित सडकखण्डबाट प्र.२–०३–००१ ख ३६९४ नम्बरको मालवाहक ट्रकबाट प्रहरीले ५५ लाख १२ हजार ५ सय ३१ रुपैयाँ बराबरको खुद्रा तथा लत्ताकपडा बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले नमस्ते कार्गाे ट्रान्सपोर्टबाट पठाइएको औषधी, लत्ताकपडा तथा खुद्रा सामानको विलबिजक शंकास्पद देखेपछि मालवाहक ट्रक नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।

विलबिजकभन्दा बढीको सामाग्रीसहितको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको सूचनाको आधारमा चेकजाँच गरिएको मल्लले बताए । नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक अनुसन्धानका लागि बरामद सामाग्रीसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दिपक गिरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ पुष १२,मंगलवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ पुष १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद