वीरगंज,११ पुष । लागु औषध खैरो हिरोईन सहित ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।सूचनाको अधारमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले लागु औषध २० ग्राम खैरो हिरोईन सहित ३ जनालाई पक्राउ गरेको हो ।
संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट अगाडीको बाटो हुंदै एक शंकास्पदरूपमा हिंडिरहेको अवस्थामा पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं.१ बस्ने १९ वर्षीय हरिओम महतोलाई रोकेर चेकजाँच गर्दा निजले लगाएको पाइन्टको खल्तीमा लागु औषध खैरो हिरोईन २० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध फेला परे पछि महतोलाई नियन्त्रणमा लिइ प्रारम्भिक अनुसन्धान गर्दा सो लागु औषध मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा.वडा नं.१० बस्ने वर्ष २६ को प्रमेश्वर साह र वडा नं. २५ बस्ने वर्ष २६ को युगेन लामाले खरिद गरेको खुलेको हुंदा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा वी.म.न.पा. वडा नं.१६ बसपार्कबाट पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।