Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

५० लाख फिरौतीको रकम नपाउदा वीरगंजमा बालकको हत्या

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १०,आईतवार
A A
file photo

file photo

2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,१० पु । वीरगंजमा झण्डै एक महिना पहिले अपहरणमा परेका एक बालकको हत्या गरि शव शौचालयको सेप्टी ट्यांकीमा आइतबार फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया खल्वा टोलका श्रीमान् पासवानका १५ वर्षिय छोरा नीरज पासवानको शव , खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिंग स्कुलको शौचालयको सेप्टी ट्यांकीबाट बरामद भएको हो ।

वीरगन्जको मीना बजारमा मासु पसल सन्चालन गर्दै आएका श्रीमान् पासवानका छोरा नीरज गत मंसिर ५ गते सम्पर्क विहिन भएका थिए । मंसिर ६ गते अभिभावकले वडा प्रहरी कार्यालय वीर्तामा नीरजको खोजतलाशका लागि निवेदन दिएका थिए । त्यसको चार पाँच दिन पछि अपरिचित व्याक्तिहरुले बुबा श्रीमान पासवानलाई मोबाइलमा फोन गरेर ५० लाख रुपैया फिरौती माग गरेपछि नीरज अपहरणमा परेको खुलाशा भएको थियो ।

त्यसपछि नीरजका बुबा श्रीमान् पासवानले आफनो छोरा अपहरणमा परेको र अपहरणकारीले ५० लाख फिरौती मागेको जानकारी प्रहरीकोमा गराएका थिए । प्रहरीले नीरजको खोजतलाशका क्रममा अपहरणमा संलग्न रहेको आशंकामा एक हप्ता पहिले दुइ जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो । तीनै दुवै जनाले दिएको बयानका क्रममा आइतबार प्रहरीले विद्यालयको शौचालयको सेप्टी ट्यांकी भित्रबाट नीरजको शव बरामद गरेको हो ।

प्रहरी हिरासतमा रहेका दुइ व्याक्तिको परिचय प्रहरीले नखुलाएपनि उनिहरु मध्ये पटेल थरका एक व्याक्ति र गुरुकुल पन्ना बोर्डिंग स्कुलका एक जना शिक्षक रहेको श्रोतले जनाएको छ । उनिहरुले नै फिरौतीका लागि नीरजको अपहरण गरेर हत्या गरि शव , सेप्टी ट्यांकीमा लुकाएर राखेको बताइएको छ ।

आइतबार अपरान्ह साढे ३ बजे प्रहरीको टोलीले विद्यालयको सेप्टी ट्यांकीमा उत्खनन् शुरु गरेको र साँझ ५.३० बजे नीरजको शव, घाँटी र खुुट्टा डोरीले बाँधेर फालिएको अवस्थामा सेप्टी ट्यांकी भित्र भेटिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए ।नीरजको हत्या गरि शव , सेप्टी ट्यांकी भित्र हालेर माथि माटो र बालुवाले पुरिएको अवस्थामा भेटिएको गिरिले बताए ।

प्रहरी नायब उपरिक्षक गिरिले घटनाामा संलग्न रहेको आशंकामा केहि व्याक्तिलाई नियन्त्रणमा लिएको र शंकास्पद अन्यको पनि प्रहरीले खोजी गरिरहेको बताए । उनले भने ,‘ अपहरणकारीले ५० लाख फिरौती मागेर अभिभावकलाई फोन गरेका रहेछन् , त्यहि नपाएर हत्या गरेको हुन सक्छ , हामीले यस बारेमा अनुसन्धान गरिरहेका छौ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०७९ पुष १०,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ पुष १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद