Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मेयर सिंहको निर्देशन महानगरमा रोकिएका जुनसुकै कार्यालयका योजना तत्काल अगाडि बढाउन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २६,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसीर २६÷वीरगंज
वीरगंज महानगर क्षेत्रभित्र विभिन्न निकाय र कार्यालयद्वारा लगाईएका ठेक्काहरुका योजनाको निर्माण कार्य तत्काल सुचारु गर्न महानगर प्रमुख राजेशमान सिंहले निर्देशन दिनुभएको छ । आज महानगरमा सघन शहरी विकास आयोजना, सिचाई विकास डिभिजन, नारायणी सिँचाई व्यवस्थापन कार्यालय, स्वच्छन्द, युनाईटेड, विकास एण्ड ब्रदर्स र पप्पु कन्सट्रक्सनका प्रतिनिधि, वडा अध्यक्षहरु तथा महानगरका प्राविधिकहरु सहभागि भएको बैठकमा प्रमुख सिंहले यस्तो निर्देशन दिनुभएको हो ।
ठेक्का सकार गरेर वर्षौसम्म काम नगर्ने परिपाटी अब महानगरमा चल्दैन भन्दै सिंहले भन्नुभयो काम शुरु गरेपछि समयमै सम्पन्न हुनुपर्छ । ठेकेदारले ठेक्का सकार गर्ने र मोबीलाईजेशन बापतको रकम भुक्तानी लिएपछि वर्षौसम्म काम नगर्ने परिपाटीले नागरिकले दुख पाउँदै आएका छन् । एक महिना भित्रमा ठेकेदारले सन्तोषजनक कार्य प्रगति नदेखाएमा कानुन बमोजिम कारवाहि गरिने उहाँले चेतावनी दिनुभयो । खासगरी पप्पु कन्सट्रक्सनले धेरै ठेक्काहरुमा जनतालाई दुख दिएको भन्दै प्रमुख सिंहले अबपनि पप्पुले आफ्नो जिम्मेवारी पुरा नगरे नगरवासीलाई लिएर उनको घर घेर्ने चेतावनी दिनुभयो ।
महानगर क्षेत्रभित्र भौतिक योजना निर्माणको काम गर्नुपर्दा महानगरसँग समन्वय र पुर्व स्वीकृती लिएर मात्र योजना अगाडि बढाउन सिंहले निर्देशन दिनुभयो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, सघन शहरी विकास आयोजनाका प्रमुख झपट बहादुर थापा, सिचाई विकास डिभिजन वीरगंजका प्रमुख श्याम किशोर साफी, नारायणी सिचाई व्यवस्थापन कार्यालय वीरगंजका प्रतिनिधि अखलाक सिद्दिकी, पप्पु कन्सट्रक्सनका प्रतिनिधि बिजसवा अब्राहम, वडा अध्यक्ष रामकिशोर सिंह पराग, पुर्वाधार महाशाखा प्रमुख राजेश चौरसिया र भरत थापा लगाएतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ मंसिर २६,सोमबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ मंसिर २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद