Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मंसिर २४ गते रेडियो वीरगंजले वृहत्त रक्तदान कार्यक्रमको आयोजना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, २२ मंसिर । मध्य तराईको पहिलो रेडियो ‘रेडियो वीरगंज ९९ मेघाहर्ज’ ले आफ्नो बार्षिकोत्सवको अवसरमा वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रेडियोे यही २६ गते २० औं वर्ष पुरा गरि २१ औं वर्षमा प्रवेश गरेको अवसरमा मंसिर २४ गते रेडियो परिसरमै वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले जानकारी दिए ।

समाज रुपान्तरण र सामाजिक क्षेत्रमा समेत रेडियो वीरगंजले खेल्दै आएको यस रेडियो वीरगंजको बार्षिकोत्सवको अवसरमा आयोजना गरिने वृहत्त रक्तदान कार्यक्रममा सहभागी हुन रेडियो श्रोता, सुभचिन्तक एवं सञ्चारकर्मीहरुलाई अध्यक्ष साहले आग्रह समेत गरे । रेडियो वीरगंजले यस पटक सार्वजनिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै पूर्व सहकर्मी एवं सहयोगी पत्रकार स्व। नरेश सर्राफलको यही मंसिर १५ गते भएको असामयिक निधनको कारण वृहत्त साँस्कृत्तिक कार्यक्रम गर्ने योजना यस वर्षको लागि स्थगित गरिएको अध्यक्ष साहले जानकारी दिए ।

उनका अनुसार वीरगंजका क्रियाशील पत्रकार नरेश सर्राफ तथा मधेश मिडिया काउन्सिलका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सँस्थापक अध्यक्ष शिवहरि भट्राईको निधन भएकोले सञ्चार जगतमा ठुलो क्षति भएको कारण प्रत्येक वर्ष भव्यताका साथ गरिँदै आएको साँस्कृत्तिक कार्यक्रम स्थगित गरिएपनि आन्तरिक रुपमा अन्य कार्यक्रमको आयोजना गरि बार्षिकोत्सव भव्य रुपमा मनाउने तय गरिएको बताए ।

यसका साथै रेडियो वीरगंज र समाजवादी प्रेस संगठन पर्साको संयुक्त आयोजनामा यही मंसिर २५ गते विहान ८ बजे स्व। पत्रकार नरेश सर्राफको स्मृत्तिमा श्रद्धान्जलीसभाको समेत आयोजना गरिने अध्यक्ष साहको भनाई छ । उनका अनुसार सर्राफले पर्सेली समाजप्रति पु¥याएको योगदानलाई कदर गर्दै उनले छाडेर गएका अधुरा कार्यहरुलाई पुरा गर्नुका साथै उनका परिवारलाई रेडियो वीरगंज एवं समाजवादी प्रेस संगठनको तर्फबाट केही आर्थिक सहयोग पनि हस्तान्तरण गरिने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाल उद्यानभित्र हुक्का र सुर्तीजन्य पदार्थ बरामद
मुख्य समाचार

बाल उद्यानभित्र हुक्का र सुर्तीजन्य पदार्थ बरामद

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
इन्धनको कृत्रिम अभावको गुनासोपछि वीरगन्जका पेट्रोल पम्पमा अनुगमन
मुख्य समाचार

इन्धनको कृत्रिम अभावको गुनासोपछि वीरगन्जका पेट्रोल पम्पमा अनुगमन

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद