वीरगञ्ज, २२ मंसिर ।
जिल्ला प्रहरी कार्यालय पर्साले १५ लाख मूल्य बराबरको भन्सार छलीका सामाग्रीसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिउकीस्थित सडकखण्डबाट मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुँक्त टोलीले २ सय ३० क्वीन्टल गहुँ र ८० क्वीन्टल सखर बरामद गरेको हो ।
भन्सार छलेर अवैध रुपमा भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा ना। २ त ४०३६ नम्बरको सोनालिका ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार नियन्त्रीत ट्याक्टरलाई आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस