Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरको आयोजनामा योग शिविर सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज २२ मंसिर ।
वीरगञ्ज महानगरपालिकाले बिहीबारदेखि एक हप्ते योग शिविर आयोजना गरेको छ ।
वडा नम्बर ११ स्थित श्रीपुर स्कुलमा आयोजित शिविरको महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् ।
शिविरको उद्घाटन गर्दै मेयर सिंहले योग मार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न नगरको विभिन्न स्थानमा महानगरले योग शिविर आयोजना गर्न लागेको पनि जानकारी दिए ।
अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै उनले हरकोहीले योग साधनाबाट आफूलाई स्वस्थ्य राख्न सक्ने बताए ।
आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरि आफूले काम गरिरहेको भन्दै उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य जारी राख्ने बताए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले शरीर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै यहाँ सिकेका कुरा आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
योग गरौँ , रहौँ निरोगु भन्ने नारासहित सुरु भएको शिविरमा ५० जनाभन्दा बढी महिला पुरुषको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उद्योगि अशोक टेमानी, प्रदिप केडिया, संजय खेतान, हरि गौतम लगायतको सहभागिता रहेको थियो ।
वडा नम्बर११ का वडाध्यक्ष अजय चौरसियाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको मेयर सिंहका राजनीतिक सल्लाहकार उमेशलाल सहनीले सञ्चालन गरेका थिए ।
२८ गतेसम्मा हरेक दिन विहान ६स्३० बजेदेखि संचालन हुने शिविरमा सहभागिहरुलाई प्रतिमा सिंहले योग प्रशिक्षण दिनुहुने स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद