वीरगञ्ज ,मंसिर २१ गते – नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको ५९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ३ जना महिला सहित १९ जनाले रगतदान गरेका छन् । रगतदान गर्नेहरुमा शिवनाथ यादव ,रानी कुमारी कलवार, शैलेन्द्र चौरसिया, लक्ष्मी चौधरी लगायत रहेका छन् ।
नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेशका अध्यक्ष फूलमहम्मद मियाँले उदघाटन गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस