Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मेयर सिंहकाे निर्देशनपछि वीरगञ्जमा जथाभावी टांगिएका तार हटाउन सेवा प्रदायक सहमत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २१,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाले नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको बैठकमा महानगरका प्रमुख राजेशमान सिंहले सेवा प्रदायक संस्थाका प्रतिनिधिलाई जथाभावी टांगिएका तार व्यवस्थित गर्न निर्देशन दिएका हुन् ।
जथाभावी टांगिएका तारका कारण नगरको सौन्दर्यता विग्रिनुका साथै दुर्घटनाको सम्भावना समेत देखिएकाले व्यवस्थित गर्न महानगरले पटक पटक प्रयास गरिरहेको छ ।
तर सेवा प्रदायक संस्थाहरुले सहयोग नगर्दा महानगरको अभियान पूरा हुन सकिरहेको छैन । मंगलबार इन्टरनेट सेवा प्रदायक संस्था र केवल टिभीका प्रतिनिधिलाई बोलाएर जथाभावी टांगिएका तार व्यवस्थापन गर्न निर्देशन दिइएको हो ।
बैठकमा पहिलो चरणमा वीरगञ्जको आदर्शनगर क्षेत्रमा अव्यवस्थित रहेका तार व्यवस्थित गरेर अभियान अघि बढाउने सहमति भएको छ ।
अभियानलाई सार्थक बनाउने आउँदो २३ गते शुक्रबारदेखि अव्यवस्थित रुपमा छरिएका तार हटाउन सुरु गर्ने बैठकले सर्वसम्मत निर्णय गरेको महानगरको आइटी शाखाका बृजेश प्रधानले जानकारी दिए ।
महानगर प्रमुख सिंहको उपस्थितिमा भएको बैठकमा स्याटेलाइट केवलका सुन्दर कुर्मी, भायोनेटका अब्दुल कलाम आजाद, वल्र्डलिंकका दिपेश वान्तवा, सिम टिभीका जगमोहन कुमार कुशवाहा, राधेमाई केवलका सम्सुल हवारी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ मंसिर २१,बुधबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ मंसिर २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद