Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

हिन्दु स्वंयसेवक संघद्धारा पत्रकार सर्राफको निधन भएको शोकमा श्रद्धान्जलीसभा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १९,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१९ मंसिर – हिन्दु स्वंयसेवक संघ पर्साले स्वर्गीय पत्रकार नरेश सर्राफको निधनमा सोमबार वीरगन्जमा श्रद्धाञ्जली सभा गरेको छ ।

वीरगन्ज स्थित संघको कार्यालय केशव धाममा आयोजित श्रद्धाञ्जली सभामा सहभागीहरुले स्वर्गीय सर्राफको तस्वीरमा फुलमाला चढाएर मौनधारण गर्दै श्रद्धान्जली अर्पण गरेका थिए ।सभामा बोल्ने वक्ताहरुले पत्रकार सर्राफको असामयिक निधनले पत्रकारिता क्षेत्रको साथ साथै हिन्दु स्वयम् सेवक संघको लागि ठूलो क्षति पुगेको वताए ।

पत्रकार सर्राफको जिवनको बारेमा बर्णन गर्दै वक्ताहरुले असल, सालिन र इमान्दार व्यक्तित्व भएका सर्राफले पत्रकारीताका माध्यमले समाजमा विद्यमान सामाजिक विकृति , विसंगतीलाई उजागर गरि स्वच्छ समाज निर्माणका लागि अतुलनीय योगदान पनि दिएको चर्चा गरे ।

पत्रकारिता क्षेत्रमा एक अलग पहिचान बनाएका सर्राफले धर्म रक्षा र संरक्षणको लागि पनि अतुनीय काम गरेको पनि उनिहरुले वताए ।सर्राफको निधनले मधेस प्रदेशै पत्रकारिता क्षेत्रमा क्षति पुगे भन्दै उनिहरुले उनको निधनले संघको लागि पनि ठूलो क्षति पुगेको बताए ।

नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य समेत रहेका ३८ बर्षिय पत्रकार सर्राफको यहि मंसिर १५ गते विहान व्ययाम गरिरहेको अवस्थामा हृदयघात भएर निधन भएको थियो । उनी हिन्दु स्वमसेवक संघ पर्साका जिल्ला प्रचार प्रमुख समेत थिए ।

विभाग संघचालक ललन द्विवेदीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज कुमार पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, पत्रकार एसके चौरसिया, युवा नेता राकेश यादवले स्व। पत्रकार सर्राफको जिवनको बारेमा बर्णन गरेका थिए भने कार्यक्रमको संचालन संघका जिल्ला कार्यवाह कृष्ण चौरसियाले गरेका थिए ।

श्रद्धान्जलीसभामा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वीरगन्ज ३ वडा अध्यक्ष बैजुलाल स्वर्णकार, विश्व हिन्दु परिषद नेपालका मार्ग दर्शक मण्डलका सदस्य सरौभनाथ बाबा, हिन्दु स्वयम् सेवक संघका संभाग कार्यवाहक रंजित साह, स्व। सर्राफका काका सुरेन्द्र सर्राफ, ओमप्रकाश सर्राफ लगायतको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०७९ मंसिर १९,सोमबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ मंसिर १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद