Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा मंसिर १९ गते हुने नेपथ्य लाइभ कन्सर्टको सम्पुर्ण तयारी पूरा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १७,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १७ मंसिर । वीरगञ्जमा हुने नेपथ्य लाइभ कन्सर्टको सम्पुर्ण तयारी पूरा भएको छ । शनिवार मानव सेवा आश्रम वीरगञ्ज शाखामा पत्रकार सम्मेलनको आयोजना गर्दै वीरगञ्जमा यही १९ गते हुने कन्सर्टको सम्पुर्ण तयारी पूरा भएको मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवम् मधेश प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिनुभयो ।

‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ मानव सेवा आश्रमले मेचीदेखि महाकालीसम्मका १० ठूला शहरमा नेपथ्य लाइभ कन्सर्ट सुरु भएको छ । १६ गते बिराटनगरबाट शुरु भएको सङ्गीत यात्रा पुष १६ गते अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाण्डौस्थित भृकुटीमण्डपमा पुगेर समापन हुने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
मानवताको प्रवद्र्धनसँगै मानव सेवा आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापनाका लागि सहयोग पुग्ने अभिप्रायले नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिएको आश्रमका संरक्षक एवम् अभिभावक तथा मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले बताउनु भयो । यो १८ वर्षपछि वीरगञ्जमा नेपथ्यको कन्सर्ट हुन लागेको हो । सांगितिक मनोरञ्जनसँगै मानव सेवा आश्रमको भवन निर्माण गर्ने मानवीय कार्यमा सहयोग गर्न शाक्यले आग्रह पनि गरेका छन् । आश्रम मात्रै नभएर प्रशिक्षणस्थलको रुपमा विकास गरी मानवताको प्रबद्र्धन गर्ने मानव सेवा आश्रमको लक्ष्यमा ईट्टा थप्न उनको आग्रह छ ।


वीरगञ्जको आदर्शनगर रंगशालामा १९ गते साँझ ४ बजेदेखि शुरु हुने कन्सर्टमा कम्तिमा ५ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकले लिएको छ । कन्सर्टलाई शान्तीपुर्ण ढंगले सम्पन्न गर्न सुरक्षा व्यवस्थासमेत मिलाइसकिएको कार्यक्रम संयोजक एवम् बरिष्ठ उद्योगी गणेश प्रसाद लाठले बताए । वीरगञ्ज जस्तो औद्योगिक शहरसँगै विशेष गरी भोजपुरी समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा नेपथ्यको कन्सर्ट चुनौतीपुर्ण भएपनि यसलाई अवसरको रुपमा लिएर कन्सर्ट गर्ने दुस्साहस गरेको उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्षसमेत रहेका लाठको भनाई छ । उनले भने, ‘यहाँ नेपथ्य जस्तो अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त समुहलाई ल्याएर कन्सर्ट गराउनु आफैमा चुनौतीपुर्ण त छ नै, तर हामीले अवसरको रुपमा लिएर कार्यक्रम गर्ने आँट गरेका छौँ ।’

अन्तर्राष्ट्रियस्तरको सांगीतिक समूहलाई वीरगञ्जमा ल्याउन सक्नु पनि वीरगञ्जबासीका लागि गौरवको विषय भएको आश्रमकी अभिभावक एवम् जीवनज्योती माविकी सञ्चालिका मिनाक्षी गुप्ताले बताइन् । मानव सेवा आश्रम वीरगञ्जकी संयोजक सानुमाया गुरुङ्का अनुसार नेपथ्यका प्रमुख गायक अमृत गुरुङ्ले झण्डै २ दर्जनभन्दा धेरै गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिलाउने छन् ।

वि।स। २०८२ सालसम्म नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ आश्रम अग्रसर छ । ५ जना सडकआश्रितको भरमा ६ वर्ष अघि स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा हाल ५० जना अभिभावकबिहिनहरु आश्रित छन् । भाडाको भरमा चलीरहेको आश्रमको अब आफ्नै भवन निर्माण गर्ने सपनालाई सार्थकता प्रदान गर्न कन्सर्ट कोशेढुंगा सावित हुने युवा अभियानता दिलिपराज कार्कीको विश्वास छ । उनले भने, ‘वीरगञ्ज आर्थिक शहर भएपनि यहाँका मानिस मनकारी छन् । अहिलेसम्म यस्तै मनकारी व्यक्तिहरुको सहयोगका भरमा आश्रम चलीरहेको छ । अब आश्रमको आफ्नै भवन निर्माणका लागि पनि यहाँका उद्योगी, व्यवसायी, अभियानतादेखि सबै नागरिकले साथ दिनेमा म ढुक्क छु ।’

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा आश्रमको आफ्नै भवन निर्माणका लागि १५ करोड लाग्ने अनुमान गरिएको छ । १९ गते वीरगञ्जपछि मंसिर २२ गते हेटौडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पस चौर, २९ गते नेपालगञ्जको रङ्गशाला, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर रामनगर मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम दिन अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा पुष १६ गते काठमाण्डौको भृकुटीमण्डपमा कन्सर्ट हुने आश्रमका सुमन बर्तौलाले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ मंसिर १७,शनिबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ मंसिर १७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद