वीरगन्ज,१४ मंसिर । पर्सामा ट्याक्टरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा ट्याक्टरको ठक्करबाट बहुदरमाइ नगरपालिका वडा नम्बर ८ रामनगरीका ४५ वर्षिय तपसी साह कानु रहेका छन् ।
मङगलबार राति सखुवा प्रसौनी गाउँपालिका ५ टाली चोक स्थित भित्री सडकखण्डमा रामनगरीबाट महुवनतर्फ आउँदै गरेको अल्फावेट नखुलेको २८५८ नम्बरको ट्याक्टरले ठेलामा चटपटे बिक्री गरी घर फर्कदै गरेका कानुलाई ठक्कर दिदाँ उनको घट्नास्थलमै मृत्यु भएको हो ।
दुर्घटना पश्चात चालक फरार रहेको र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस