वीरगंज ११ मंसिर ।
उपकार सेवा नेपाल नामक संस्थाले असायहरुलाई कम्बल बितरण गरेको छ । जाडोमा कोहि पनि न्यानो कपडाले बिहिन नहोस भन्ने उद्येश्यका साथ बढ्दो चिसो र शितलहरबाट बच्नका लागि अगाडी नै कम्बल बितरण गरेको हो ।
बीरगंज महानगरपालिका वडा नम्बर ३० लालपर्साको डोमबस्तीमा रहेको करिब ३० जनालाई कम्बल वितरण गरीएको छ । वीरगंज महानगरपालिको वडा नं ३०को वडा अध्याक्ष मनोज कुमार यादवको अध्याक्षतमा निसहाय र निमुखाहरुलाई न्यानो कपडा विहीन कोहि नरहोस नराका साथ संस्थाकी केन्द्रिय अध्यक्ष बिद्ययादेबी सरावगीले कम्बल बितरण गर्नु भएको छ । हरेक वर्ष झैँ चीसो को समयमा कम्बल बितरण गर्ने अभियानलाई निरत्तर राखेको वडा नं ३०का स्वास्थ्यकर्मी अनिश कान्त कुशवाहाले जानकारी दिनुभयो। कार्यक्रममा वाड ३० को स्वस्थ्य प्रमुख मेवालला ठाकुर , संस्थाकी सदस्य श्रीमति बगरिया लगायतको उपस्थिती रहेको थियो ।
© 2024



