Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीद्वारा भियतनामको व्यवसायीक पार्ककाे अवलोकन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२४ कार्तिक । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले आज भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहरु सहित होचिमिह सिटीमा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) अवलोकन भ्रमण गरेका छन् ।

वीउवासङ्घ र भियतनाम चेम्बरका उद्योगी व्यापारीहरु बीचको भएको छलफल तथा भियतनामका उद्योगी व्यवसायीहरुले “होचिमिह सिटी”मा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) भ्रमण र अवलोकनका लागि गरेको आग्रह अनुसार सङ्घको टोलीले सो व्यापारिक पार्कको भ्रमण अवलोकन गरेका थिए । उक्त अवसरमा सङ्घको भ्रमण टोलीले व्यापारिक पार्कका महानिर्देशक संग भेटघाट तथा अन्तरक्रिया गरेको थिए ।

अन्तरक्रियाको क्रममा व्यपारिक पार्कका महानिर्देशकले व्यापारिक पार्कको विशेषताबारे वीरगञ्ज उद्योग वाणिज्य सङ्घको भ्रमण टोलीलाई प्राविधिक तथा स्थलगत रुपमा अवगत गराएका थिए ।

व्यापारिक पार्कमा कुनै व्यवसायीले त्यहाको जग्गा र भवनका लागि एक पटक लगानी गर्दा ५० बर्षसम्मको लागि प्रभावकारी हुन्छ र ५० बर्ष पछि मात्र नवीकरण गराउनु पर्ने व्यवस्था रहेको महानिर्देशकले जानाकारी गराएका थिए । व्यवसायीक पार्कमा विश्वका धेरै जसो देश अमेरिका, जापान, कोरिया युरोपीय मुलुकहरुका साथै अफ्रिकी मुलुकका उद्योगी व्यवसायीहरुको अत्यधिक लगानी रहेको जानकारी गराइएको उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले बताए ।

देशको आर्थिक विकासका लागि अर्थकर्मीहरुको प्रमुख भूमिका हुने रहेछ भन्ने कुरा सुनेका थियौं, अध्यक्ष डा.गुप्ताले भने, “भियतनामका व्यापारीले पाएजस्तो सुविधा नेपाल सरकारले पनि उपलब्ध गराउनु सक्यो भने नेपालको आर्थिक सबलता अन्य मुलुक भन्दा अगाडी रहने छ ।”

वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको सिमरामा नेपाल सरकारले स्थापना गरेको इपीजेडकोमा जग्गाको मूल्य धेरैनै रहेकोले उद्योगी व्यवसायीहरु उक्त ठाउँमा उद्योग लगाउन सक्ने अवस्था नरहेको अध्यक्ष डा.गुप्ताले बताए ।

वैदेशिक लगानी कसरी भित्राउने र भित्री सकेको लगानीलाई कसरी प्रवद्र्धन गर्ने हामीले सिक्नै पर्ने भएकोले यस व्यवसायीक भ्रमणले धेरै कुरा सिक्ने मौका पाएकोमा डा. गुप्ताको भनाई थियो ।

उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, का.स.स. सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको छ ।

वीउवासङ्घका व्यापारिक प्रतिनिधिमण्डल गत एक सातादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय व्यापार विस्तारका क्रममा वैदेशिक भ्रमण रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद