Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घण्टाघरमा झिलिमिली बत्ती नलगाइएको विषयमा मेयर सिंहको ध्यानाकर्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ७,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जोतिलाल पडित ,वीरगञ्ज – दीपावलीका बेला पनि घण्टाघरमा झिलिमिली बत्ती नलगाइएको विषयमा सामाजिक सन्जालमा आइरहेको टिप्पणी प्रति वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको ध्यानाकर्षण भएको छ ।

सोमबार दिउँसो आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै मेयर सिंहले दीपावलीमा पनि घण्टाघरमा बत्ती जडान नभएको विषयलाई लिएर सामाजिक सञ्जालमा आइरहेका टिप्पणी र विचारलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् ।

उनले घण्टाघरमा दशैं दीपावलीका लागि मात्रै नभइ बर्ष भरिकै लागि दीर्घकालीन रुपमा झिलिमिली बत्ती जडान गर्ने काम अगाडि बढी सकेको र छिट्टै त्यो कामले पूर्णता पाउने बताएका छन् । त्यही कारण अहिले तत्काल बत्ती नलगाइएको उनले प्रष्ट्याएका छन् । उनले भनेका छन्, ‘क्षणिक काम भन्दा दीर्घकालीन उज्यालोको काम होस् भन्ने हाम्रो चाहना हो, मलाई आशा छ यहाँहरूले यो विषयलाई त्यसैगरी बुझिदिनुहुनेछ ।’

फेसबुुक स्टाटसमा अन्त्यमा उनले सुझाव माग्दै लेखेका छन्, ‘म आदरणीय नगरवासीसँग जान्न पनि चाहन्छु कि यो कार्य दुई दिनको लागि हुनु उपयुक्त हुन्छ वा दिर्घकालिन ?’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ कार्तिक ७,सोमबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ कार्तिक ७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद