Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नारायणी एफएमको १७ औं वार्षिकोत्सावमा आश्रमलाई खाद्यान्न सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

४ कात्तिक, वीरगञ्ज
सामुदायिक रेडियो, नारायणी एफ.एम १०३.८ मेगाहर्ज शुक्रबारबाट १७ औं बर्षमा प्रवेश गरेको छ । मध्य तराईकै पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम.को १७ औं बार्षिकोत्सव सामाजिक कार्य गरेर मनाईएको छ ।

एफ.एमको बार्षिकोत्सवको अवसरमा ठोरीको वृद्धवृद्धा असहाय समाज आश्रममा खाद्यान्न वितरण गरिएको छ । ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीको उपस्थितिमा आश्रममा आश्रितहरुलाई खाद्यान्न सहयोग गरिएको नारायणी एफएमले जनाएको छ । उपाध्यक्ष गोकुली कुमारी रेग्मीेले आश्रममा आश्रित अपांगता भएका व्यक्तिको परिचय पत्र बनाउन पहल गर्ने आश्वासन समेत दिएकी छन् ।

एफमएमको वार्षिकोत्सवको अवसरमा १० बोरा चामल, १ बोरा आलु र २ कार्टुन चाऊचाऊ लगायतको सामान आश्रमका संरक्षक आश बहादुर गुरुङलाई हस्तान्तरण गरिएको नारायणी एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले बताए ।

सशक्तिकरणका लागि अनुसन्धान, चेतना र सञ्चार (रेस नेपाल) द्वारा सञ्चालित नारायणी एफ.एम.ले २०६३ साल भदौ ८ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट इजाजत प्राप्त गरेको थियो ।

भने २०६३ कार्तिक ४ गतेबाट परिक्षण प्रसारण शुरु गरी मंसिर १ गतेबाट नियमित प्रसारणमा आएको थियो । नारायणी एफ.एम.ले समाज रुपान्तरणका लागि सशक्तिकरण र जागरणको माध्यमबाट समाजका विभिन्न समस्याहरु सम्बन्धित निकायसम्म पु¥याएर समाधानको पहल गर्दै आएको छ ।

पर्सा–बारा औद्योगिक क्षेत्रको मजदुर र उद्योग व्यावस्थापनबीचको द्वन्द्व व्यावस्थापनका लागि गृहमन्त्रालयका सचिवको उपस्थितिमा १९ बुँदे सहमति गरि समाधान गर्नेदेखि समाजमा कुरितीको रुपमा रहेको बोक्सी प्रथा उन्मुलनमा जनचेतना कार्यक्रम, राज्यको कानूनले अवैध ठहर गरेको लागूऔषध गाँजाखेती नियन्त्रण लगायतका सामाजिक सरोकारका विषयहरुमा सशक्त आवाज उठाएको कार्यकारी अध्यक्ष देवकोटोले बताए ।

अझै धेरै सामाजिक, आर्थिक र राजनीतिक चेतनाको उभार ल्याउनका लागि नारायणी एफ.एम. सदैव तत्पर रहने उनको भनाई छ । यसबर्षदेखि रेस नेपालले रेसखबर डटकम अनलाईन डिजिटल पत्रिका पनि सञ्चालनमा ल्याएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद