Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बारामा प्रहरी र मजदुरबीच झडप,झडपकोे क्रममा १० जना प्रहरी सामान्य घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जोतिलाल प्रजापति ,३ कार्तिक
बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरा स्थित त्रिवेणी स्पेनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
झडपमा परी १० जना नेपाल प्रहरीका जवान घाईते भएका छन् ।

९ जनाको अवस्था सामान्य छ भने एक जनाको अवस्था मध्यम छ । घाईतेहरुको टाउको, छाती, अनुहार हात, खुट्टामा चोट लागेको छ । घाईते हुनेहरुमा प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिना, प्रहरी निरीक्षक राज किशोर साह तेली, प्रहरी नायब निरीक्षक राजन थापा, प्रहरी हवल्दार श्रीराम पटेल घाईते छन् । प्रहरी सशस्त्र प्रहरी हवल्दार दिपक गुरुङ, प्रहरी जवानहरु राजेश पूनः मगर, राजेश पुन मगर, सदाम हुसेन, रुदल कुमार यादव, रुबोध कुमार यादव, सुरेन्द्र महतो घाईते छन् । उनीहरुलाई अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डक अस्पताल वीरगञ्जमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

भिडलाई तितर बितर गर्न प्रहरी तर्फबाट ३४ राउण्ड अश्रु ग्यास सेल र सर्ट गन बाट १ राउण्ड फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीको सिल ढाल १३ थान फुटेको, बेदको लाठी ९ थान भाँचीएको प्रहरीले जनाएको छ । प्रहरीले त्रिवेणी स्पिनिङका सि.ई.ओ., जि.एम., प्रशासन अधिकृत लगायत ५ जना लाई प्रशासन कक्षबाट उद्दार गरेर सिमरा ल्याईएको छ । झडपमा संलग्न रहेको आरोपमा ७ जना पुरुष मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मजदुर पक्षमा के कति क्षति भयो त्यसको विवरण खुलाएको छैन ।

दशैं तिहारको बोनस नदिएको विषयलाई लिएर कामदार कर्मचारी र व्यवस्थापन पक्षबीच दुरी बढेको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार कात्तिक २ गते साँझ ५ः२० बजे कम्पनीमा कार्यरत २÷३ सय कामदार तथा कर्मचारीहरु कम्पनीले दशैं तिहारको बोनस नदिएको भन्दै आन्दोलित भएका थिए ।

उनीहरुले प्रबन्ध निर्देशकको कार्यकक्षमा तालाबन्दी गरी बसेका थिए । ईलाका प्रहरी कार्र्यालय सिमरा बाट प्रहरी नायब उपरीक्षक सहितको सुरक्षाकर्मीको टोली गएर सम्झाई बुझाई गरेका थिए । साँझ ७ः १० बजे प्रबन्धन निर्देशकको कोठाको ताल्चा खुलाई प्रहरी र कामदारको लिडर बसी छलफल समेत भएको थियो । राति १०ः२० बजे वर्ता बिना निष्कर्ष टुंगिएको थियो । कामदारहरु बाहिर निस्केर शान्तपूर्वक धर्नामा बसेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद