असोज,७ हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । अझै एक जनाको सनाखत हुन बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षे अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुर गढी-३ का ४३ वर्षीय मदन बिक, पर्साको वीरगञ्ज-३१ का ४२ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको हो ।सभार अनलाइनखबर
आफ्नो प्रतिक्रिया दिनुहोस