Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सँबिधान दिसको अवसरमा बीरगंज स्कुल अफ ल द्वारा सँबिधान र सँबिधानबाद बारे समिक्षा कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ३,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

असोज ३ वीरगञ्ज
असोज ३ गते सोमबार परेको सँबिधान दिवसको अवसरमा वीरगंज स्कुल अफ ल ले नेपालको सँबिधान र सँबिधानबाद बारे समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल बार एसोसिएशन पर्साको सभाहलमा आयोजित समिक्षा कार्यक्रममा कानुन ब्यावसायी,पर्सा जिल्ला अदालतका मुख्य न्यायधिश,राजनितक दलका नेता,पत्रकार,कलेजका बिधार्थीहरुको सहभागिता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्ने बक्ताहरुले सँबिधानको बारेमा आ आफना धारणाहरु राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा जिल्ला अदालतका मुख्य न्यायधिश बिनोद पोखरेललले सँबिधानले सबै देशबासीहरुको अधिकार सुरक्षित गरेको बताएका थिए ।उनले अहिले देशका नागरिकहरुले खुलेर बोल्न सक्ने आफना कुराहरु ब्यक्त गर्न सक्ने कुराहरु सँबिधानमा समेटिएको बताए ।

उनले सँबिधानको रक्षा गर्नको लागि मुख्य भुमिकामा देशका राजनितिक दलहरु गम्भिर हुनुपर्ने कुरामा जोड दिए ।सँबिधानको रक्षाको लागि लागनुपर्नेमा पछिल्लो सम देशका राजनितिक दलहरुले सँबिधानलाई पैसा र पावरको लागि प्रयोग गरिरहेको पोखरेलको भनाई थियो ।

कार्यक्रममा आफनो मन्त्ब्य राख्दै पर्सा बारका अध्यक्ष ओमप्रकाश गुप्ताले २०७२ साल असोज ३ गते सँबिधान जारी भएको दिन देशमा एकतर्फ दिपावली मनाइएको थियो भने तराई मधेसमा कालो दिनको रुपमा मनाइएको सम्झना गरे ।

उनले सँबिधानले सबै नागरिकको अधिकारलाई सुनिशचित गर्ने देशको मुल कानुन भएकोले यसलाई रक्षा गर्ने सबैको दायित्व हुने बताए ।उनले अहिले सँबिधानमा धेरै कुराहरु सँशोधन गर्ने किसिमको रहेकोले आम नागरिकको अधिकारलाई ध्यानमा राखे त्यसलाई सँशोधन गर्नुपर्ने माँग गरे ।उनले राजनितीक दलहरुले सँबिधानको रक्षामा ध्यान नदिएकै कारण अहिले देशमा सातौ सँबिधानको रुपमा २०७२ सालको सँबिधान आएको बताए ।उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगंजका अध्यक्ष प्रमोद साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ अधिबक्ता दिनानाथ चौरसिया,वीरगंज स्कुल अफ ल का प्रिन्सिपल चन्द्रिका पटेल,लोसपा महानगर अध्यक्ष ओमप्रकाश सर्राफ,समाजिक अभियन्ता प्रकाश थारु ल्गायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद