Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

वडा कार्यालयसंग समन्वय गरी मल बाड्न वडा अध्यक्ष परागको अनुरोध

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २७,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगन्जका वडाध्यक्ष रामकिशोर सिंह (पराग) ले एकद्धार प्रणाली मार्फत नै रसायनिक मल वितरण गर्नुपर्नेमा जोड दिएका छन् । महानगरले वडालाई समन्वय गर्न कोटा निर्धारण गरेपनि मेयर र उपमेयरको नाममा व्यक्ति पिछे दिनहुँ वडामा मल आइरहेको गुनासोको छानबिन गर्न वडाध्यक्ष परागले माग समेत गरेका छन् । परागका अनुसार वडा नम्बरमा २० मा हालसम्म डिएपी मल ११२ बोरा र युरिया ३ सय बोरा डिपो मार्फत बाँडिसकिएको छ । वडामा थप ३ सय बोरा युरिया मल र ४ सय बोरा डिएपीको आवश्यकता छ ।
‘किसानहरु दिनहुँ वडा कार्यालयमा थप मल बारे जानकारी लिन आउने गरेका छन् । चिन्तित किसानलाई सम्झाई बुझाई आश्वासन दिएर पठाइरहेका छौँ,’ उनले भने, ‘उता वीरगन्ज महानगरबाट काहा कतैबाट मेयर र उपमेयरको नाउमा दिनहुँ १० देखि १२ बोरा वडामा मल आइरहेको गुनासो सुन्नु परेको छ ।’ यदि महानगरबाटै मल बाँड्नु छ भने किन वडालाई समन्वय गर्नु भनि कोटा निर्माण गरि पठाउँदै नाटक मञ्चन हुँदैछ । यसमा सम्बन्धित सरोकारवालाको ध्यान जानु आवश्यक छ । महानगरको प्रमुख र उपप्रमुखको नाम जोडी बदनाम भइरहेकोले छानबिन गर्नु अनुरोध समेत गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र २७,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद