Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धोबिनी गाउँपालिकाको बजेट पारित गर्न र जगरनाथपुरमा समाजिक भता बितरण् गर्न माँग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ११,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ११ वीरगंज
पर्साको धोबिनी गाउँपालिकाको चालु आर्थिक बर्ष २०७९÷८० को बार्षिक बजेट पारित गर्न नेकपा माओबादी केन्द्र प्रदेश समिति सदस्य सलाउदिन अहमदले माँग गरेका छन ।शुक्रबार उनले गाउँपालिकाको बजेट गाउँसभाबाट पारित गर्नको लागि पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत सँघीय मामिला तथा समान्य प्रशासन मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।असार मसान्त भित्रै स्थानीय तहले बजेट ल्याएर गाउँसभामार्फत पारित गरिसक्नुपर्ने स्थानीय तह सञ्चालन ऐनमा ब्यावस्था रहेको भएपनि अहिलेसम्म गाउँपालिकाले बजेट नल्याएको भन्दै अहमदले ज्ञापन पत्र बुझाएको बताएका छन ।
स्थानीय तहका जनप्रतिनिधीहरुको बजेटको भागबण्डा आपी खिचातानीका कारण नै गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन नसकेको ज्ञापन पत्रमा जनाइएको छ ।
नेपाल सरकारबाट प्राप्त रकम आफनै घरको बजेट भएको बुझेर भागबण्डा गर्ने कारणले गाउँपालिकामा एक बर्षमा १० करोड ३१ लख रका बेरुजु भएको ापन पत्रमा उल्लेख रहेको छ ।
आफु गाउँपालिकाको सचेत नागरिक भएको नाताले यस्तो किसिमको लुट हसन नदिन अहमदले पालिकाबासीलाई अनुरोध समेत गरेका छन ।पालिकाका जनताको पिर मर्का बुझि गाउँसभ ागर्न निर्देशन गर्न माँग गर्दै उनले अगामी एक हप्ताभित्रमा गाउँसभा गरि बजेट पारित नगरि नेकपा माओबादी केन्द्र कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन।
यसैगरि पार्टीकै अर्का प्रदेश सदस्य कृष्ण मोहन यादवले पर्साको जगरनाथपुर गाउँपालिकामा समाजिक सुरक्षा भता समयमै उपल्बध गराउन माँग गर्दै ज्ञापन पत्र बुझाएका छन ।
पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत यादवले सँघीय मामिला तथा समान्य प्रशासन मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।गाउँपालिकाले हालसम्म पनि समाजिक सुरक्षा भता उपल्बध नगराएको भन्दै उपल्बध गराई दिनको लागि यादवले ज्ञापन पत्र बुझाएका हुन ।साथै गाउँपालिका अध्यक्षले सरकारले कोरोनाबाट प्रभावित भएकाहरुलाई बितरण गर्न दिएको बजेट आफना कार्यकर्ताहरुलाई बाँडने तयारी गरेको प्रति ज्ञापन पत्रमा आपति जनाइएको छ ।
गाउँपालिकाका किसानहरुको लागि नेपाल सरकारले उपल्बध गराएको मलखाद किसानलाई बितरण नगरि गाउँपालिका अध्यक्षको ईशारामा आफना नकटका ब्यक्ति र ब्यापारीहरुलाई बितरण गरिएको आरोप समेत ज्ञापन पत्रमार्फत लगाइएको छ । यी समस्याहरु एक हप्ताभित्रमा समाधान नगरिएको पार्टीले आन्दोलन गर्ने चेतावनी समेत ज्ञापन पत्रमार्फत दिइएको छ ।ज्ञापन पत्र बुझाउने टोलीमा नेकपा माओबादीका नेता सलाउदिन अहमद,कृष्णमोहन यादव,सन्तोष पटे,सरिफ गदी,हिमाल कँुवर,बिबेक साह,रामबाबु मण्डल,रोशन कुशवाहा लगायतका सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र ११,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद