Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा र पर्सामा धानबालीमा कीराको प्रकोप बढ्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ९,बिहीबार
A A
तस्बिर–रासस

तस्बिर–रासस

2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बारा र पर्सामा धानबालीमा कीराको प्रकोप बढेको छ । किसानहरूले लगाएको धान बालीमा गबारो कीराको प्रकोप शुरू भएको छ । आकशे पनि तथा नहरमा पनि अपुग्य भएको कारण खेतमा पनि नभएको अवस्थामा यो कीराले मुख्यतः धान गुब्बो (पिका) लाई नै काटन थालेको छ । जसले गर्दा धानको बोट डढेको जस्तो देखिन थालेको छ । किसानहरूले कीराको प्रकोपबाट बाली बचाउन धानबालीमा नजिकको पसलबाट औषधि छर्किरहेका छन् ।

पर्सागढी नगरपालिका कृषि शाखा प्रमुख राजकुमार खत्रीका अनुसार यो कीरा वयस्क अवस्थामा विभिन्न आकार प्रकारको पुतली हुन्छ, लाभ्रेहरू पिका पहेंला अथवा गुलाबी रड्ढा र शरीरमा धर्का भएका हुन्छन् । यिनीहरू बिरुवाको डाठभित्र रहन्छन् । बिरुवा कलिलो अवस्थामा भए मृत गावा देखिन्छ । बिरुवाको फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिन्छ । यो कीराको प्रकोपबाट जोगिन प्रत्येक वर्ष धान काटिसकेपछि ठुटा निकाली डढाउन उनले सुझाए । यसैगरी धान खेतको आलीमा भटमास लगाउनुपर्छ यसले पनि कीरा नियन्त्रण हुने उनको भनाइ छ ।

धानमा कारटाप हाइड्रोक्लोराइड फोर जिआर अथवा फिप्रोनिल जिरो–थ्री–जिआर यी दुवै औषधिमध्ये एउटा प्रतिकठ्ठा पाँच सय ग्रामका दरले युरिया मलमा मिसाई छर्न सकिन्छ । यसको प्रयोग गर्दा खेतमा दुई तीन इन्च पानी हुनुपर्ने कृषि शाखा प्रमुखले सल्लाह दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ भाद्र ९,बिहीबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ भाद्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद