Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सन्चालनमा ल्याइयो ठोरीको ठुटेखोला पुलको एप्रोच सडक

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिका–२ र ३ जोड्ने ठुटेखोला पुलको पूर्वतर्फको एप्रोच सडक सञ्चालनमा आएको छ । पुल बनेको ४ वर्षपछि गाउँपालिकाले एप्रोच सडक बनाएको हो ।
यसअघि ठुटे खोलाबाट भारतीय पक्षले प्रयोग गर्दै आएको दुईवटा कुलो मध्ये पश्चिमतर्फको एउटा कुलो पुरेर स्थानीयले डाइभर्सन बनाई पुलको प्रयोग गर्दै आएका थिए । हुलाकी सडक योजना कार्यालयले पुनः टेण्डर आह्वान गरेपछि मात्र एप्रोच सडक कालोपत्रेको काम हुने जनाइएको छ ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी समेतको उपस्थितिमा पालिकाको स्काभेटर प्रयोग गरी एप्रोच सडक सञ्चालनमा ल्याइएको थियो । सडक सन्चालन नभएका कारण ठोरीका बासिन्दा तथा ठोरी घुम्न आउने पर्यटकहरुले सास्ती व्यहोर्दै आएका थिए ।
हुलाकी सडकको उक्त खण्ड निर्माणको जिम्मा पाएको कालिका बानियाँ जेभीले विवादका कारण एप्रोच सडक बनाउन सकेको थिएन । भारतीय पक्षले ठूटे खोलाबाट कुलो बनाएर सिंचाइका लागि पानी लैजाने गरेका छन् । कुलो पुरेर बाटो बनाउनुपर्ने भएपछि उनीहरुले पटक–पटक अवरोध गरेका थिए ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले भारततर्फका स्थानीय मुखियाहरुसँग निरन्तर सम्पर्क, सहकार्य र समन्वय गरी सडक सञ्चालनमा ल्याइएको बताए ।सभार अन्लाईन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद