Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सञ्चालनमा आएन आईसीयू र भेन्टिलेटर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, ।आईसीयू र भेन्टिलेटर सञ्चालन नभएपछि सेवाग्रही र वीरामीलाई समस्या भएको छ । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर लामो समयदेखि थन्किँदा बिरामीको उपचार गर्न समस्या परेको छ।
प्रदेश सरकारले उपलब्ध गराएको आईसीयू र भेन्टिलेटर दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन। दुई वर्षअघि सर्पले टोकेर उपचारका लागि ल्याइएको हरिवनकी एक बालिकाको उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तले आईसीयू र भेन्टिलेटरमा तोडफोड गरी क्षति पु(याएका थिए। त्यसपछि केही समय आईसीयू र भेन्टिलेटर थन्काएर राखियो। पछि मर्मत गरेर प्रयोगमा ल्याए पनि अक्सिजन लिक हुने समस्या आएपछि पुनः थन्काएर राखिएको सर्पदंश उपचार केन्द्रले जनाएको छ।
केन्द्रको सञ्चालक समितिका अध्यक्ष उद्धव पौडेलले आईसीयू र भेन्टिलेटर खरिद गरेको कम्पनीले प्राविधिक पठाउन ढिला गर्दा समस्या भएको बताउनुभएको छ। आफूले मर्मतका लागि प्राविधिक पठाइदिन बारम्बार फोन गरिरहेको उहाँले जानकारी दिनुभयो। “भेन्टिलेटर र आईसीयू किनेको कम्पनीका प्रतिनिधिसँग प्राविधिक पठाइदिनुस् भनेर कयौँ पटक फोन गरिसक्यौँ, भोलि–भोलि भनेर टारेको टा(यै छन्”, उहाँले भन्नुभयो, “प्राविधिक कुरा हामीले गरेर मात्रै नहुने रहेछ, प्राविधिक नआइदिँदा समस्या भएको छ।”
“दुई जना डाक्टरले धरानमा तालिम लिएर आइसक्नुभएको छ तर उपकरण नै ठीक छैनन्”, उहाँले भन्नुभयो।” सर्पदंश उपचार केन्द्र आफैंले भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि दुई जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ।

डा। सन्तोषकुमार साह केन्द्रमै कार्यरत हुनुहुन्छ भने डा। हर्षनारायण झालाई लालबन्दी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पताल डुमडुमेमा खटाइएको छ। केन्द्रका हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले सामान्य अवस्थाका बिरामीलाई एन्टिभेनम चलाएर उपचार गर्दै आएको बताउनुभयो। जटिल अवस्थामा ल्याइएका बिरामीलाई भने आईसीयू र भेन्टिलेटरको अभावमा उपचार गर्न समस्या हुने गरेको यादवले बताउनुभएको छ। “सामान्य अवस्थाका बिरामीलाई त एन्टिभेनम चलाएर यहीँ उपचार गर्दै आएका छौँ तर जटिल अवस्थाका बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रेफर (प्रेषण) गर्नुपर्ने बाध्यता छ’, हेल्थ असिस्टेन्ट यादवले भन्नुभयो। केन्द्रमा अहिले सर्पले डसेर दैनिक चाररपाँच जना बिरामी उपचारका लागि आउने गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद