Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मुख्यमन्त्रीद्वारा दिनेश गुप्ताका दुइ पुस्तक विमोचित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ श्रावण २१,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज २१ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदीले नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व प्राज्ञ सभा सदस्य र
गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका भोजपुरी भाषाका संयोजक दिनेश गुप्ताद्वारा लिखित गजल संग्रह
सुतल अब ठीक नइखे र हाइकु संग्रह हिरोसिमा नामक दुइवटा पुस्तकको आज एक समाराहोका बिच
बिमोचन गर्नु भयो ।
सो कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राउतले केहि दिनमै क्यैबिनेट डिसिजन गराइ मधेश प्रदेशमा
प्रज्ञा प्रतिष्ठान गठन गर्ने घोषणा गर्नु भयो । साथै उहँले मधेश प्रदेशमा बोलिने प्रत्येक भाषालाइ उचित
स्थान दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रमका बिशिष्ठ अतिथि बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिहंले भोजपुरी भाषा
हाम्रो मातृ भाषा हो र यसको विकासकालागि हरसंभव प्रयास गर्ने अभिब्यक्ति दिनु भयो ।
उहाँले भोजपुरी भाषा र साहित्यमा काम गर्नेहरू सुति राखेका छन । अब जाग्ने बेला आएको छ ।
तपाइहरू आउनुस मिलेर भोजपुरी भाषाको विकासमा लागौं । म जति सक्छु यसकालागि सधैं तत्पर रहने
छु ।
सोही कार्यक्रममा बिमोचित कृतिका लेखक दिनेश गुप्ताले आफ्नो साहित्यिक यात्राको चर्चा गर्नु भयो ।
नेपालीय भोजपुरी साहित्यमा प्रत्येक बिधाको पुस्तक नभएकोले धेरै भन्दा धेरै बिधाको पुस्तक लेख्ने
घोषणा गर्नु भयो । उहाँको अहिले सम्म जति पनि कृति प्रकाशित भएको छ । त्यसमा केही पुस्तक
बाहेक सबै अलग ९ अलग बिधाका छन ।
कार्यक्रममा कृतित्व र ब्यक्तित्वमाथि बरिष्ठ साहित्यकार गणेश प्रसाद लाठ र डा। बिश्वम्भर शर्माले
प्रकाश पार्नु भयो । भने कार्यक्रममा बिशिष्ठ अतिथि वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष डा। सुवोध
गुप्ता, नागरीक समाजका अगुवा डा। दिपक शक्य, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकार दुवेद्धी, बरिष्ठ
साहित्कार डा हरेन्द्र हिम्कर, कलवार कल्याण समिति पर्साका अध्यक्ष डा। इन्द्र देव साह, शिक्षा उपसचिव
बालदेव प्रसाद र साहित्कार राम प्रसाद साहको गरीमामय उपस्थिति रहेको थियो ।

नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिहं ठकुरीको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रमको संचालन
समाजका उपाध्यक्ष तथा पोखरिया नगरपालिकाका पुर्व उपमेयर सलमा खातुनले गर्नु भएको थियो , भने
स्वागत मन्तब्य समाजका सचिव तथा पत्रकार राजेन्द्र सिहं राजपुतले गर्नु भयो ।
कार्यक्रममा पत्रकार, साहित्यकार, उधोगी, ब्यापारी, समाजसेवी लगायत बिभिन्न संघ ९ संस्थाका
पदाधिकारीहरूको उपस्थिति समेत रहेको थियो । उक्त पुस्तक बिमोचन कार्यक्रम नेपाल भोजपुरी
समाजको आयोजनामा सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ श्रावण २१,शनिबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ श्रावण २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद