Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

माओवादी केन्द्रका युवा नेताको पहलमा महानगरको दुईवटा सडक निर्माण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ श्रावण २,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २ साउन । नेकपा माओवादी केन्द्रका युवा नेता अभिताभबच्चन दास ‘रोहित’ को पहलमा महानगरपालिकाको दुई स्थानमा सडक निर्माण भएको छ । विद्यार्थी राजनीतिदेखि नै माओवादीमा सक्रिय युवा नेता दासको पहलमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १४ वीरगन्ज चिनी कारखाना आवासक्षेत्रदेखि पश्चिम राधेमाईसम्म जोड्ने १०० मिटर सडक र दुवैतर्फको नाला ढलानको निर्माण कार्य भएको छ । आवासक्षेत्रदेखि पश्चिम रोधमाई जोड्ने १४ नम्बर वडाको सडक ४५ लाखको लागतमा निर्माण भएको हो । त्यस्तै महानगरपालिकाकै वडा नम्बर २७ जसौली चोकदेखि जसौली पुलसम्मको १०० मिटरको दुवैतर्फको नाला र सडक पनि ४५ लाख लागत निर्माण भएको छ । दुवै सडक बोलपत्र मार्फत ठेक्का भई निर्माण गरिएको हो । नेकपा (माओवादी केन्द्र) पर्सा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज अमिताभबच्चन दासकै पहलमा महानगरपालिकाको वडा नम्बर १४ र २७ को उक्त सडक निर्माण भएको हो । शहरी विकास मन्त्रालय मातहतको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय वीरगन्जबाट बजेट निकासा भई दुवै सडक निर्माण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्ज कार्यालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ श्रावण २,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ श्रावण २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद