पर्सामा ९० किलो लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ९० किलो लागु औषध गाँजा कारमा लोड रहेको कारसहित २ जनाभारतीय नागरिकलाई पक्राउ गरेका हुन् । पक्राउ परेका भारत यू.पी.जि.मउ कमलसागर गोपालपुर निस्फी ३० वर्षीय रविकान्त भारती र भारत विहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा वडा नं.१० का २८ वर्षीय सुनिल भारती रहेका छन् । लागु औषध गाँजाको ओसार पसार कार्य भैइरहेको सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.२८ बगहीको गेट नजिकबाट यूपी ७० बिके ९९५५ नम्बरको इन्डिगो मेन्जर कार सहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।पक्राउ परेका लागु औषध गाँजा कारको डिकी र सिटमुनी लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियो । नियन्त्रणमा रहेको कारमा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरूलाई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धानअगाडि बढाइएको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिए ।
© 2024