वीरगन्ज,१३ असार – तस्करीको पाम आयल सहित बारामा चार जना पक्राउ परेको छ । जिल्ला प्रहरी बाराले विभिन्न स्थानबाट तस्करीको पाम आयल तथा चार जना सहित दुइ वटा गाडडी नियन्त्रणमा लिएको छ ।
तस्करी गरि ल्याइएको पाम आयल करिब ३ लाख रुपैया मुल्य बराबरको रहके बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए । भारतबाट तस्करी गरी ल्याइएको पाम आयल सहित दुइ वटा ना ३ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिइएको बाराका प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।
गाडी रोकेर चेकजाँच गर्दा दुवै पिकअप गाडीमा रहेका प्लाष्टिकको टयाङ्की भित्र जारमा भरेर राखिएको २ लाख ८० हजार रुपैया मुल्य बराबरको पाम आयल बरामद भएको हो ।
तस्करीको पाम आयलसंगै ४ जना मानिसलाइ पनि पक्राउ गरिएको प्रनाउ थापाले जानकारी दिए ।पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका १५ का २६ वर्षिय मैरुदिन अंसारी, २० वर्षिय खैरुदिन अंसारी , वडा नम्बर १७ सुराही टोलका २१ वर्षिय मुन्ना अंसारी र परवानीपुर गाउँपालिका वडा नंबर १ का २२ वर्षिय संजय महतो रहेका छन् ।
दुवै गाडीको २० लाख र पाम आयलको दुइ लाख ८० हजार रुपैया गरि कुल २२ लाख ८० हजार रुपैया मुल्यांकन गरि पाम आयल , गाडी र पक्राउ परेका चारै जनालाइ आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रनाउ थापाले जानकारी दिए ।
© 2024