बारामा पेट्रोलियम पदार्थको मूल्य बृद्घि विरुद्घमा मशाल जुलुस निकालीएको छ । बाराको सदरमुकÞाम कलैयामा राष्ट्रीय युवा संघ नेपाल बाराद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्घि विरुद्घमा मशाल जुलुस प्रदर्सन गरीएको छ । नेकपा एमालेको पार्टी कार्यलयबाट निकालीएको मशाल जुलूस बजार हुदै भरत चौकमा पुगी समापन्न भएको थियो ।
पेट्रोलियम पदार्थको मूल्य बृद्घि विरुद्घ जुलुसमा विभिन्न नारा लगाइएको थियो । नारामा मूल्य बृद्घि बन्द गर, गठबन्धन सरकार मुर्दाबाद ,पेट्रोलियम मूल्य बृद्घि फिर्ता गर लगायतको नारा लगाइएको थियो । जुलुसको अध्यक्षता राष्ट्रीय युवा संघ नेपाल बाराका जिल्ला अध्यक्ष पुरुषोतम साह सहित नेकपा एमाले राष्ट्रीय युवा संघ नेपाल बाराका फेटा गाउँपालिकाका अध्यक्ष सदमा हुसेन, सहिता जिल्लाका राष्ट्रीय युवा संघ नेपाल बाराका युवा नेताहरुको सहभागीता रहेको नेकपा एमाले राष्ट्रीय युवा संघ नेपाल बाराका परवानीपुर गाउँपालिकाका सचिव दिपेश कुशवाहले जनकारी दिनुभयो ।
© 2024