बारा । उपभोक्ता समिती गैरकानुनी तरबाट गठन भएको भन्दै गाउँपालिकालाई नेवेदन दिएका छन् । बाराको परवानीपुर गाउँपालिकाको वडा नं ५ बहुअरीमा विभिन्न शिर्षकमा आएको बजेटमा वडा अध्यक्षले राजनीत तथा आफनो आसेपासेलाई राखी उपभोक्ता समिती गठन गरेको भन्दै स्थानीय युवाहरुबाट गाउँपालिका अध्यक्षलाई निवेदन दिएका छन् ।
परवानीपुर गाउँपलिका वडा नम्बर ५ मा आएका विकास कार्य योजनमा वडा अध्यक्षले वडा बासीलाई जानकारी नदिइ एकतर्फी ढंगले उपझोक्ता समिती गठन गरेको आरोप लगाउदै स्थानीय युवहरुको अगुवई गदैं अखिल पटेलले निवेदन गाउँपालिका अध्यक्षलाई निवेदन दिएका छन् ।
निवेदक अखिल पटेलले पछिल्लो समयमा वडामा रहेको सातो माई देखी रघुनाथ रामको घरसम्ममा माटो पुरी ग्रेभल गर्ने कार्यको लागी ९ औ लाख का उपभोक्ता समितीका अध्याक्ष अमृत राम,मोहन यादवको घर देखि विजय यादवको घरसम्म नाला निर्माणमा ६ लाख,सोनाली देवानको घर देखि ब्रहमबाबाको मन्दिर सम्मका बाटो ढलानका लागी ८ लाख ,असमसान घाटको निर्मा कार्यको लागी वर्डा स्तरिय ३० लाख र गाउँपालिका तर्फबाट १५ लाख,मुनि दासको घर देखी मदन राउद कुर्मीको घर सम्मबाटो ढलानको लागि १० लाख र स्कुल निर्माणको लागी १८ लाख र १९ लाख गरी ३७ लाख निकासा गरीएको नेवदक पटेल जनकारी गराउनु् भयो ।
सो विषयमा वडा अध्यक्ष रामेश्वर प्रसाद कलवारले भने आठ महिना पहिले बनाइएको उपभोक्त समिती हो र सो समयमा देखी काहाँ थिए भने जनकारी दिए । जानकारी दिदैं कलवारे भने राजनिती योजन रहेको स्कुलका जग्गा अडपने तथा पुरना योजना फिलपर्ने बताए । जस्तै सर्वजनी जग्गामा निमार्ण हुने असमसान घाट नबाउन दिन योजना रहेको छ । सोहि विषयमा गाउँपालिका अध्याक्ष राम क्षत्री प्रसाद कुर्मीले यस विषयमा बैठक बसी छिटो भन्दा छिटो समाधान गने जनकारी दिए ।
निवेदनमा अखिल पटेलको नेतृत्वमा अनिल पटेल,लाल जी साह गणेश साह अवध दास गरी २५ जना युवाले सहमती जनाएका छन् ।
© 2024