Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एक वर्षमा १० जनाको डुबेर मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २३,सोमबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा जिल्लामा एक वर्षमा १० जनाको डुबेर मृत्यु भएको छ । एक वर्ष भरीमा चार जना पुरुष, चार बालक र दुई जना बालिका गरी १० जनाको पानीमा डुबेर मृत्यु भएको छ । २०७८ साउनदेखि २०७९ जेठ १८ सम्म पानीमा डुबेर उहाँहरुको मृत्यु भएको देखिएको हो ।

जिल्लाको बिभिन्न पालिकामा रहेका नदी, तलाउ र स्थानीय पोखरीमा नुहाउने क्रममा तथा बर्षायाममा नदी पार गर्नेक्रममा उहाँहरुको डुबेर मृत्यु भएको बारा प्रहरी कार्यालयले जनाएको छ ।

हिजो बुधबार पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हवी नगरपालिका वडा ११ बेलवा टोेलका ५२ बर्षीय बीरनाथ चौधरी रहेको ईलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।

यसैगरी कलैया उपमहानगरपालिका –१६ मझौलिया टोलका मजबुल्लाह अन्सारीको छोरा अन्दाजी आठ नौ वर्षका यस्तफा अन्सारी रहेको अस्थायी प्रहरी पोष्ट बसपार्क कलैयाले जनाएको छ ।

चौधरी दिउँसो घर नजिकै रहेको पोखरीको डिलमा घाँस काट्न गएका थिए । राती अबेरसम्म फिर्ता नआएपछि खोजतलास गर्दा हिजो राती साढे ९ बजे पोखरीमा उहाँको शव फेला परेको थियो । परिवारका सदस्यले प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

यस्तै बुधबार साँझ पौने ५ बजे चार पाँच जना बच्चाहरुले कलैया उमनपा।–१६ मझौलियाको पोखरीमा पौडी खेल्न गएकाबेला डुबेर घाईते भएका अस्तफाको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा सवा ५ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

मृत्यु भएका चौधरी र अन्सारीको शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको थापाले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ जेष्ठ २३,सोमबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ जेष्ठ २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद