लोसप नेपाललाई परित्याग गरी एक सय कार्यकर्ता जसपामा प्रबेश गरेका छन् । बाराको परवानीपुर वडा नं ५ मा लोसपा नेपाल परित्याग निवर्तमान गा.पा कार्यपालिका सदस्य संजु साह सहित एक सय कार्यकर्ता जसपामा प्रबेश गरेका छन् ।
पछिल्लो समय लोसपा नेपालले विभिन्न कार्यमा कार्यकर्तालाई अश्वान मात्र दिएको र कार्यकर्तालाई वास्ता नगरेको भन्दै पार्टी परित्याग गरेको संजु साहले बताए ।
गा.पा. वार्ड न ५ बहुअरिका अगुवा तथा अधिवक्ता राम चन्द्र सिंह राजपुतको अध्यक्षतामा गा.पा का अध्यक्ष पदका उम्मेदवार संजु साह लगायतका एक सय जना नेता कार्यकर्ताहरु जनता समाजबादी पार्टी नेपाल जसपा मा प्रवेश गरेको स्थानीय उमेश साहले जानकारी दिनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस