Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चुरियामाई उकालोमा बसले दुई मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, चार घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १५,बुधबार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा — बारा र मकवानपुरको सिमाना नजिक चुरियामाई उकालोमा बुधबार बिहान बस र मोटरसाइकलहरूबीच भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

जनकपुरबाट काठमाडौंतर्फ गइरहेको ना। ७ ख ८५३७ नम्बरको यात्रुबाहक बस चुरियामाई मन्दिर नजिकैको उकालोमा अचानक ब्रेक फेल भएर ब्याक हुँदै जाँदा पछाडिबाट आइरहेका दुईवटा मोटरसाइकलमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलीपकुमार थापाले जानकारी दिए।

दुर्घटनामा परी दुईवटा छुट्टाछुट्टै परिवारका ६ जना घाइते भएका थिए। घाइतेमध्ये बाराको फेटा गाउँपालिका–१ का २५ वर्षीय मकेश्वर पटेल र वीरगन्ज–३१ की २६ वर्षीया कविता देवीको उपचारका क्रममा बाटोमै मृत्यु भएको हो।

मृतकको परिचय ,मकेश्वर पटेल — मोटरसाइकल नम्बर ना. १२ प ३३६० का चालक, फेटा गाउँपालिका–१, भरवलिया निवासी र कविता देवी — मोटरसाइकल नम्बर मधेश प्रदेश ०३–०२४ प ४४९५ की सवार, वीरगन्ज–३१ निवासी दुर्घटनामा मकेश्वर पटेलकी श्रीमती २२ वर्षीया कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन्, जसको उपचार मकवानपुरको सहकारी अस्पतालमा भइरहेको छ।

त्यस्तै, मृतक कविता देवीका पति २७ वर्षीय कञ्चनकुमार पटेल र तीन वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन्। उनीहरूलाई पनि सहकारी अस्पतालमा भर्ना गरिएको छ।

घटनापछि बसका चालक सर्लाहीको लालबन्दी नगरपालिका–निवासी ४७ वर्षीय विश्वनाथ चौधरी फरार भएका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद