वीरगन्ज – दशैंको पावन अवसरमा वीरगन्ज कपडा बैंकले घण्टाघरमा निस्शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार सम्पन्न कार्यक्रममा नयाँ र पुराना गरी करिब ९५० थान कपडा गरीब, असहाय तथा विपन्न वर्गलाई वितरण गरिएको कपडा बैंकका सचिव कन्हैया पटेलले जानकारी दिएका छन्।
कार्यक्रमको अध्यक्षता कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ सल्लाहकार तथा समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता रहेका थिए। उनले आफ्नो मन्तव्यमा मानवतावादी सेवामा सबैले सहभागी हुनुपर्ने आवश्यकता औँल्याउँदै भनेस्
ूहामी सबैले आफ्नो आम्दानीको कम्तीमा ५ प्रतिशत हिस्सा दुःखी–असहायको सेवामा खर्च गर्नुपर्छ। मानव सेवा नै सर्वोत्तम धर्म हो। दशैं सत्य, हर्ष, एकता र भाइचाराको पर्व हो, यसलाई शान्तिपूर्ण ढंगले मनाऔं।ू
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत, श्रवण बहादुर रायमाझी, रुपशिला जैसवाल, घण्टाघर प्रहरी पोस्टका प्रमुख असई राम बिनोद झा, उपाध्यक्ष प्रकाश थारु, सदस्यहरू निला कुमारी राम, जानकी देवी, हरेन्द्र पटेल, नवराज भट्टराई, केदार गुप्ता, राजेश श्रीवास्तव, राहुल सिंह राजपुत, उज्ज्वल कुमार महरा, तथा पत्रकार शम्भु महतो थारु, अजित भुजेल, राज सराफ, निरञ्जन साह, सन्तोष कुश्वाहा, अर्जुन चौधरी लगायतको उपस्थिति रहेको थियो।
विशिष्ट अतिथि प्रकाश उपाध्यायले चाडपर्वको समयमा नयाँ कपडा किन्न नसक्ने अवस्थाका व्यक्तिहरूलाई लक्षित गरी यस्ता कार्यक्रमले ठूलो राहत पुर्याउने बताए। उनले सामाजिक उत्तरदायित्व स्वरूप कपडा बैंकको अभियानमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष लालबाबू सिंहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई दशैंको शुभकामना दिएका थिए।
कपडा बैंकले हरेक आइतबारदेखि शुक्रबार बिहान १०/३० देखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयबाट निःशुल्क कपडा वितरण सेवा उपलब्ध गराउँदै आएको छ।



