वीरगञ्ज – हिन्दुहरूको महान् चाड दशैं सोमबारदेखि सुरु हुँदैछ। दशैंको घटनास्थलदेखि विजयदशमीसम्म वीरगञ्जको प्रमुख शक्तिपीठ गहवामाई मन्दिरमा दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ। विशेषगरी सप्तमीदेखि नवमीसम्म मेलापनि लाग्ने गर्दछ।

गहवामाई मन्दिरमा दर्शन र पूजापाठका लागि सहजता मिलाउन माईस्थान सञ्चालक समितिले केही नयाँ नियमहरू लागु गरेको छ। समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार, यस वर्ष दशैंमा मन्दिर प्रांगणमा मोबाइल फोनको अनावश्यक प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ। सेल्फी लिन, टिकटक वा अन्य भिडियो बनाउन मन्दिर परिसरमा रोक लगाइएको छ।
त्यस्तै, दर्शनार्थी र मन्दिरको सुरक्षाका लागि मीनदर परिसर भित्र र प्रांगणका विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको पनि अध्यक्ष साहले जानकारी दिएका छन्।
समितिले दर्शनार्थीलाई सुनचाँदीका गरगहनाहरू नलगाएर आउन आग्रह गरेको छ भने, आउनेहरूले आफ्ना गरगहनाको सुरक्षा आफैं गर्नुपर्ने चेतावनी दिएको छ।
दशैं अवधिभर मन्दिर प्रांगणमा बिहान ६ बजेदेखि ८ बजेसम्म निःशुल्क प्राथमिक उपचार शिविर पनि सञ्चालन गरिने समितिले जनाएको छ।



