Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा अंजुमन ईस्लामिया मुर्लीद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २१ जनाको सहभागीता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
A A
4
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — ईद उल अजहा (बकरिद) को अवसरमा अंजुमन ईस्लामिया मुर्ली द्वारा वीरगन्ज मुर्लीस्थित जामा मस्जिद प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। प्रत्येक वर्षझैँ आयोजित यस कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरूमा असरफ अलि अन्सारी, जावेद अन्सारी, रियाज अन्सारी, अकबर अन्सारी लगायतका व्यक्तिहरू सहभागी थिए। रक्तदाताहरूले “मानवता बलियो बनाउने अमूल्य योगदान” दिएको आयोजकले जनाएको छ।

कार्यक्रम समाजसेवी तथा अंजुमन ईस्लामिया मुर्लीका अध्यक्ष हाजी सत्तार अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सलाउद्दिन अन्सारी, कबिर अन्सारी, मुरतुजा अन्सारी, हासिम मन्सुरी लगायतका अग्रज तथा युवाहरूको उल्लेखनीय उपस्थिति थियो।

“रक्तदान जात, धर्म, धनी, गरिब केही हेर्दैन”
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हाजी सत्तार अन्सारीले भने, “रक्तदान नै जीवनदान हो, जहाँ केवल मानवता हेर्ने गरिन्छ। सबैले यो पुण्य कार्यमा सहभागी भई समाजमा सकारात्मक सन्देश दिनु आवश्यक छ।” उनले सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्दै बकरिदको शुभकामना समेत दिएका थिए।

“गर्मीमा रगतको अभाव, यस्तो बेला रक्तदान अझ जरुरी”
कोषाध्यक्ष तथा युवा समाजसेवी असलम अन्सारीले वीरगन्ज र आसपासको क्षेत्रमा रगतको अभाव भइरहेको भन्दै सबैलाई आफ्नो क्षेत्रमा रक्तदान गर्न आह्वान गरे। उनले रक्तदाता र सहयोगी सबैप्रति आभार व्यक्त गरे।

प्राविधिक टोलीको सक्रियता
रक्तदान कार्यक्रम वीरगन्ज रक्तसञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डेयको नेतृत्वमा प्राविधिक स्वयंसेवक टोलीले सञ्चालन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद