Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

प्रकृति सेवा प्रतिष्ठानद्वारा वृक्षारोपण अभियानलाई निरन्तरता, वातावरण संरक्षणमा जोड

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २३,शुक्रबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, जेठ २३ – प्रकृति सेवा प्रतिष्ठान नेपालले वातावरण संरक्षण अभियान अन्तर्गत वृक्षारोपण कार्यलाई निरन्तरता दिएको छ। वीरगञ्जको अलौस्थित सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्मको परिसरमा बिहीबार १५ थान विभिन्न प्रजातिका बिरुवा रोपेर अभियानको दोस्रो दिन सम्पन्न गरिएको हो।

सहसचिव अविनाश झाको नेतृत्वमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण पुजारा, कपडा बैंक अध्यक्ष लालबाबु सिंह, समाजसेवी केदार गुप्ता र गुल्मका प्रहरीहरूको सहभागिता थियो। रोपिएको बिरुवामा आँप, लिची, निम, धुप, अर्जुन, गुलमोहर, जकरण्ड लगायतका बिरुवा समावेश छन्।

डिएसपी पुजाराले वातावरण संरक्षण सबैको जिम्मेवारी भएको उल्लेख गर्दै प्रतिष्ठानद्वारा सञ्चालित अभियानको प्रशंसा गरे। प्रतिष्ठानले यस वर्षको विश्व वातावरण दिवसअन्तर्गत सरसफाइ, साइकल र्याली, वृक्षारोपण लगायत पाँच दिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको छ।

सहसचिव झाले “हरियो, सफा र स्वस्थ वीरगञ्ज” निर्माणका लागि वृक्षारोपणजस्ता अभियानलाई वर्षभर निरन्तरता दिइने बताउँदै सहभागी सबैप्रति आभार व्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८२ जेष्ठ २३,शुक्रबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८२ जेष्ठ २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद