Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपकार सेवा नेपालद्वारा भगवाननगर वृद्ध–वृद्धा आश्रममा निरन्तर सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १९,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

ठोरी गाउँपालिका–१ भगवाननगरमा अवस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमाबुवा तथा बालबालिकाहरूका लागि उपकार सेवा नेपालले यस जेष्ठ महिनामा पनि आवश्यक उपभोग्य सामग्री प्रदान गरेको छ।

संस्थाले हरेक महिनाजस्तै यसपटक पनि चामल ३० किलो (१ बोरा), स्वाबिन १० किलो, चिउरा १ बोरा, नून, सर्फ, साबुन, फिनाइल ५ लिटर लगायतका दैनिक आवश्यक सामग्री उपलब्ध गराएको हो।

आश्रमको प्राङ्गणमा आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले आश्रमका प्रतिनिधि राम बहादुर थिङलाई ती सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरे।

कार्यक्रमका क्रममा अध्यक्ष सरावगीले समाजको हरेक तहका मानिसप्रति सहानुभूति, सहयोग र संवेदना प्रकट गर्नु सबैको कर्तव्य भएको बताइन्। उनले यस प्रकारको सहयोगले सामाजिक समावेशिता र सहकार्यको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरिन्।

उपकार सेवा नेपालले यस्तो सहयोग कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिँदै आएको छ। संस्थाले आश्रय विहीन, असहाय र सेवाको खाँचो भएका वर्गहरूलाई हरेक महिनामा आवश्यक सामग्री उपलब्ध गराउँदै आइरहेको छ।

सामाजिक सहकार्य र संवेदनशीलताको उदाहरण बनेको उपकार सेवा नेपालको यो पहलले समाजमा सहयोग र मानवता फैलाउन प्रेरणाको स्रोत बनेको देखिन्छ।
संस्थाको सक्रियता र निरन्तर योगदानले स्थानीय स्तरमै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ १९,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद