Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसमा दुई पत्रकार सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, पर्सा ।
क्रान्तिकारी पत्रकारिता आन्दोलनका प्रतीक कृष्ण सेन ‘इच्छुक’को २३औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई ‘कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ।

यस वर्षको स्मृति सम्मानबाट पत्रकार गोविन्द देवकोटा र रितेन्द्र झा ९रितेश झा० जनही रु २१ हजार नगद, दोसल्ला, टीका, माला तथा सम्मानपत्रसहित विशेष रूपमा सम्मानित गरिए।

पुरस्कार छनोट प्रक्रिया
पुरस्कार छनोट समिति प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलको संयोजकत्वमा, पर्सा अध्यक्ष शिवनाथ यादव र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको सदस्यतामा गठन गरिएको थियो।

गोविन्द देवकोटालाई भोजपुर राज्य समितिको संस्थापक संयोजक तथा पर्सामा क्रान्तिकारी पत्रकार संघको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानका लागि सम्मान गरिएको हो।
त्यस्तै, रितेन्द्र झालाई प्रेस सेन्टर नेपाल पर्सामा आबद्ध भई संगठन निर्माणमा पुर्‍याएको योगदान र जनपक्षीय पत्रकारितामा सक्रियताका लागि पुरस्कृत गरिएको हो।

मुख्य अतिथिको भनाइ
कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले कृष्ण सेन इच्छुकको बलिदानले नेपाली पत्रकारिता आन्दोलनलाई दिएको प्रेरणाको चर्चा गर्दै, आज पनि प्रेस स्वतन्त्रता र तथ्यमा आधारित पत्रकारिताको आवश्यकता अझ बढेको बताए। उनले पुरस्कृत पत्रकारहरूप्रति शुभकामना दिँदै संस्थागत विकासमा निरन्तर सक्रिय रहन आह्वान गरे।

विशिष्ट सहभागिता
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, एशिया क्षेत्रका पूर्व सहसचिव दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगर, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, लेखा समिति संयोजक केसी लामिछाने, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, सशस्त्र प्रहरी बल नेपाल पर्साका नायव उपरीक्षक देवेन्द्र बहादुर सिंह, उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष रचिन्द्र थापा, प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्र लगायत पत्रकार, सम्पादक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सुदृढ संगठन निर्माणको अपेक्षा
कार्यक्रममा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवले सम्मानित पत्रकारहरूबाट संगठनलाई थप सबल, सुदृढ र व्यवस्थित बनाउन भविष्यमा अझ सक्रिय भूमिकाको अपेक्षा रहेको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद