Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भारतबाट विषाक्त माछा भित्रिने खुलासा, प्रहरीको मिलेमतोमा तस्करी धानिँदै !

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
A A
4
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज, पर्सा।
भारतको आन्द्राप्रदेशबाट अलौ नाकामार्फत विषाक्त र मरेका माछा नेपाल भित्रिएको भयानक खुलासा भएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा ती माछा खुलेआम बिरगंज लगायतका सहरहरूमा बिक्री वितरण भइरहेको छ।

स्थानीय स्रोतहरूका अनुसार, तस्करहरूले मरेका माछामा रङ र गन्ध हटाउने विषाक्त रसायन प्रयोग गरी ताजा देखिने बनाइरहेका छन्। यस्तो माछा सर्वसाधारणको थालमा पुग्दा गम्भीर स्वास्थ्य जोखिम उत्पन्न भइरहेको छ ।

चिकित्सकको चेतावनीस्
“मरेका माछामा बोटुलिज्म, साल्मोनेला जस्ता विषाणु सक्रिय हुन सक्छन्। यस्तो माछा खाँदा फुड प्वाइजनिङ, लिभर ड्यामेज, पाचन समस्या र दीर्घकालीन रूपमा क्यान्सर को खतरा समेत हुन्छ।”

क्वारेन्टाइन कार्यालय मौन, तस्करहरू निर्भीक
पर्सा क्वारेन्टाइन कार्यालयको पूर्ण उदासीनता र गैर(जिम्मेवार रवैयाले जनस्वास्थ्य जोखिममा परेको नागरिक समाजको आरोप छ। माछा मात्र होइन, भारतबाट कुखुराको चल्ला समेत अवैध रूपमा भित्रिरहेको छ, जसमा न परीक्षण हुन्छ, न कानुनी प्रक्रिया पालना।

स्वास्थ्य मात्र होइन, व्यवसाय पनि संकटमा
बिरगंजका एक स्थानीय माछा व्यवसायी भन्छन्स्

“हामीले गुणस्तरीय माछा उत्पादन गर्दा लागत बढ्छ। तर सस्तो विषाक्त माछा खुलेआम बजारमा पाइँदा हाम्रो व्यवसाय धरासायी बन्दै गएको छ।”

सार्वजनिक चासोको मुद्दा
अब प्रश्न उठ्छ— कसले नियन्त्रण गर्नेरु प्रहरी र सरोकारवाला निकायहरूको संलग्नतामा भइरहेको यस्तो आपराधिक कारोबारले सर्वसाधारणको जीवन, स्वास्थ्य, र अर्थतन्त्र तीनैवटा तहमा आघात पुर्‍याइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महिलामाथि चितुवाको आक्रमण, छोरी बचाउन पाँच मिनेटसम्म जुधिन् आमा
राष्ट्रिय

महिलामाथि चितुवाको आक्रमण, छोरी बचाउन पाँच मिनेटसम्म जुधिन् आमा

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
उपकार सेवा नेपालद्वारा ठोरीको वृद्धाश्रमलाई मासिक खाद्यान्न सहयोग
राष्ट्रिय

उपकार सेवा नेपालद्वारा ठोरीको वृद्धाश्रमलाई मासिक खाद्यान्न सहयोग

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद