वीरगन्ज,७ चैतः वीरगन्जमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन् ।वीरगन्ज पब्लिक कलेज९बिपिसी कलेज० र राउन्ड टेबल नेपालले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ महिलासहित १ सय जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा प्रेमा गुप्ता,सुरीता खड्गी,स्वीकृति मिश्रा,प्रियंका पटेल,जेनिशा लामा,सुरज जयसवाल,नेहा पटेल कुनाल श्रेष्ठ,कुनाल कार्की,मानष श्रेष्ठ लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति बृजकिशेर पटेल,मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। दीपक शाक्य, राउन्ड टेबल नेपालका विकास अग्रवाल र दिपल खन्कना, वीरगन्ज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख डा। अरविन्द श्रेष्ठ, संयोजक बासु कर्ण लगायतकाकोपनि उपस्थिति रहेको थियो।