Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भेडाहा खोलाको बाढी प्रभावित क्षेत्रको खानेपानी मन्त्री प्रदीप यादवद्वारा स्थलगत निरीक्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन २६,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शनिवार वीरगञ्ज महानगरपालिका–३१ मा रहेको भेडाहा खोलाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाले भेडाहा खोलामा बाढी आएपछि खोलाले आसपासका टोल र खेतीयोग्य जमिनमा क्षति पुर्‍याए पश्चात् मन्त्री यादवले शनिवार बाढी प्रभावित क्षेत्रमै पुगेर स्थलगत निरीक्षण गर्नुभएको हो ।

भेडाहा खोलाको अनियन्त्रित बहावले विशेष गरी इस्लामपुर क्षेत्र र आसपासका बस्तीहरूमा खेत कटान गर्दै ठूलो आर्थिक र भौतिक क्षति पुर्‍याएको छ ।

निरीक्षणका क्रममा मन्त्री यादवले स्थानीयसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको समस्या पनि सुन्नुभयो । स्थानीय बासिन्दाले वर्षौँदेखि यो खोलाले कटान र बाढीको जोखिम पुर्‍याउँदै आएको गुनासो गर्नुभयो । उहाँहरूले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माण र खोलाको बहाव नियन्त्रण गर्न सरकारसँग आग्रह समेत गर्नुभयो ।

छलफलको क्रममा मन्त्री पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री यादवले आफू जनताको सुख–दुःखमा साथ रहँदै आएको र पीडित परिवारको राहत व्यवस्थाका लागि सङ्घीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्र मेरो निर्वाचन क्षेत्र भएकाले म यहाँका समस्याहरूलाई गम्भीरताका साथ लिन्छु । दीर्घकालीन समाधानका लागि म व्यक्तिगत रूपमा सरकारसँग पहल गर्छु ।”

उहाँले भेडाहा खोलाको अनियन्त्रित बहाव रोक्न तटबन्ध र अन्य पूर्वाधार निर्माणका लागि विशेष योजना ल्याउन आफूले प्रयास गर्ने वाचा समेत गर्नुभयो ।

स्थलगत निरीक्षणमा मन्त्री यादवसँगै पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी पनि सहभागी हुनुहुन्थ्यो । अन्सारीले यस क्षेत्रको समस्या समाधानका लागि स्थानीय निकाय र सङ्घीय सरकारबिच समन्वय आवश्यक रहेको बताउनुभयो ।

मन्त्री यादवले बाढी पीडितहरूको तत्काल राहतको व्यवस्था सुनिश्चित गर्ने र भविष्यमा यस्ता प्राकृतिक प्रकोपको पुनरावृत्ति रोक्नका लागि दीर्घकालीन योजना बनाउने तयारीमा रहेको बताउनुभयो । साथै, उहाँले संवेदनशील क्षेत्रहरूको नक्साङ्कन गरी बाढी नियन्त्रणका प्रभावकारी उपायहरू अवलम्बन गर्न प्राविधिक विशेषज्ञहरूसँग परामर्श गर्ने आश्वासन पनि दिनुभयो ।

स्थलगत निरीक्षणपछि स्थानीय बासिन्दाले मन्त्री यादवप्रति आभार प्रकट गर्दै खोलाबाट हुने क्षतिको समाधानका लागि ठोस कदम चालिने अपेक्षा व्यक्त गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ आश्विन २६,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ आश्विन २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद