Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले भने – सरकार सामु धेरै चुनौती छ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ श्रावण ८,मंगलवार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०८साउनःसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विगत आठ वर्षदेखि अलपत्र परेको संघीय निजामति ऐन अबको दुईमहिनाभित्रैै पारित गरिने बताएका छन् ।

पहिलो पटक मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पर्सामा मंगलबार आइपुगेका मन्त्री गुप्ताले वीरगन्जमा नेकपा एमाले पर्साले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका छन् ।

उनले भने,‘मैले मन्त्रालय सम्हालेको ८ दिनमात्रै भएको छ । यो ८ दिनमा मैले दुई वटा कामलाई प्राथमिकता दिएर अगाडि बढेको छु । पहिलो काम ८ वर्षदेखि अलपत्र परेको संघीय निजामति ऐनलाई अबको दुईमहिना भित्रै पास गराउनेछु । अर्को काम भनेको मन्त्रालय मातहतका कर्मचारीको सरुवा प्रकृयालाई व्यवस्थित पार्ने हो । त्यसका लागि नियमावली बनाउने काम सुरु गरिसकेका छौं । कम्तिमा १ वर्षभित्र कुनैपनि कर्मचारीको सरुवा नहुने गरि त्यो नियमावली बन्दैछ ।यसले कर्मचारीको सरुवामा अहिले देखिएको बेथिती अन्त्य हुन्छ।’

पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा सदस्यसमेत रहेका मन्त्री गुप्ताले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार सामु धेरै चुनौतीहरु रहेकोपनि बताए । देश र जनतालाई समृद्ध बनाउँदै देशमा अमूल परिवर्तन ल्याउने चुनौती अहिलेको सरकार सामु रहेको उनको भनाई थियो । मन्त्री गुप्ताले भने,‘ नेपाली जनताको एकमात्र आसा र भरोसाको केन्द्र आदरणीय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली ज्यू हुनुहुन्छ । यो देशमा विगतमा विकासको गति ओलीकै सरकारले ल्याएको हो ।त्यसका कारण निकट भविष्यमै जनताले देख्ने र अनूभूती गर्ने गरी यो सरकारले काम गर्छ ।’

फरक प्रसंगमा मन्त्री गुप्ताले पर्सामा एमाले पार्टीभित्र रहेका झिनामसिना मतभेदलाई बिर्सिएर एकताबद्ध भई संगठन निर्माणमा लाग्न नेता–कार्यकर्तालाई निर्देशनपनि दिए । उनले भने,‘ म आँफैलेपनि जिल्लाका कोहिपनि नेता–कार्यकर्तासंग वैरभाव राख्दिन । मेरालागि सबै बराबर हुनुहुन्छ।अहिलेको जिल्ला नेतृत्त्वसंग हामीसबै मिलेर काम गर्नेछौं ।

एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवााल, एमाले कन्द्रिय सदस्य अरविन्द सिंह,नेताहरु विचारी यादव, प्रधुमन चौहान,जयप्रकाश थारु, शीव पटेल, जिल्ला उपाध्यक्ष मनोज गुप्ता, जिल्ला सचिव महेश दास लगायतकोपनि सहभागीता थियो ।

मन्त्री बनेपछि वहिलोपटक गृहजिल्ला पर्सामा आउने तय भएपछि मन्त्री गुप्ताले सोमबार नै आफनो फेसबुक पेजमा पोष्ट गर्दै वीरगन्जमा मंगलबार हुने स्वागत तथा सम्मान कार्यक्रममा कसैलेपनि खादा–माला लिएर नआउन अनुरोध गर्दै आँफुले मन्त्रीको रुपमा राम्रो काम गरेपछि मात्रै सम्मान गर्न पार्टीका नेता–कार्यकर्ता लगायत सबैमा सार्वजनिक आग्रह गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ श्रावण ८,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ श्रावण ८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद